|
|
 All Activities
 असार १३, २०६९ । आज नेपाल तामाङ घेदुङको केन्द्रीय टोलीले राष्टपति डा. रामवरण यादवलाई भेटी ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा घेदुङले वर्तमान संबैधानिक संकटको अविलम्ब समाधान खोज्न माग गर्दै तर असंबैधानिक प्रक्रियाबाट अघि नबढ्न सुझाएको छ । घेदुङले संविधानसभा नै संविधान बनाउने एक मात्र लोकतान्त्रिक प्रक्रिया भएकाले सो भन्दा बाहिर नजान पनि आग्रह गरेको छ । यस क्रममा दलहरुका वीच जातीय पहिचानसहितको संघीयतामा जाने पर्ूव सहमति हुन्छ भने विघटित संविधानसभा व्यँुताउन सकिने कुरा पनि घेदुङले बताएको छ ।
 २८४८ औं डुक ल्होछार तामाङ एकताको पर्वको रूपमा मनाऔं, पर्ूण्ाअधिकारसहितको अखण्डित ताम्सालीङको स्थापना गरौं" भन्ने नारासहित डुक ल्होछार तीन दिने महोत्सवको आयोजना गर्दै भव्य रूपमा मनाइएको छ । विभिन्न १ सय १७ तामाङ संस्थाहरू सम्मिलित डुक ल्होछार २८४८ वृहत मूल संयोजन समितिले काठमाडौंको टु“डिखेलमा माघ ९, १० र ११ गते ल्होछार महोत्सव महोत्सवको आयोजना गरेको हो । ल्होछार महोत्सवलाई व्यवस्थित रूपमा आयोजना गर्नका लागि नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष कुमार योन्जनको संयोजकत्वमा मूल संयोजन समिति गठन गरिएको थियो ।
माघ १० गते काठमाडौंको खुलामन्चबाट सुरुभएको वृहत सांस्कृतिक र्यालीले सहरको विभिन्न भाग परिक्रमा गरेको थियो । टु“डिखेलमा भएको सांस्कृतिक महोत्सवको प्रधानमन्त्री डा. बाबुराम भट्टर्राईले उद्घाटन गर्नुभएको थियो । ल्होछार महोत्सवलाई संबोधन गर्दै प्रधानमन्त्री भट्टर्राईले तामाङ समुदायले उठाउ“दै आएको आत्मनिर्ण्र्ााो अधिकारसहितको अखण्डित ताम्सालीङ राज्यको मागप्रति आफ्नौ पर्ूण्ारूपमा र्समर्थन रहेको बताउनुभयो ।
माघ ७, शनिबार । तामाङहरुको महान सांस्कृतिक पर्व एवं नयाँवर्ष२८४८ औं डुक -गडुल वर्ष ल्होछार राष्ट्रिय एकता पर्वको रुपमा मनाऔं, पर्ूण्ा अधिकारसहितको अखण्डित ताम्सालिङको स्थापना गरौं भन्ने मूल नाराकासाथ यहि माघ ९, १० र ११ गते काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिने भएको छ । विगतमा जस्तै यसपाली पनि ल्होछारलाई धुमधामकासाथ मनाउन विभिन्न ११७ वटा तामाङ संघ संस्थाहरुको सहभागितामा नेपाल तामाङ घेदुङको संयोजकत्वमा १००१ सदस्यीय डुक ल्होछार २८४८ बृहत् मूल समारोह संयोजन समिति गठन गरेको छ । सो कार्यक्रमको बारेमा जानकारी गराउन आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा समारोहका संयोजक कुमार योञ्जनले जानकारी गराउनु भयो । ल्होछार कार्यक्रमको उद्घाटन सम्माननीय प्रधानमन्त्री बाबुराम भट्टार्राईले गर्नुहुने जानकारी पनि दिनुभयो । ल्होछार कार्यक्रम अनुसार ९ गते बिहान ११ः०० बजे मोटरसाइकल र्याली, १ बजे तामाङ सञ्चारकर्मी र कलाकारबीच मैत्रीपर्ूण्ा फूटबल प्रतियोगिता, ३ बजे साँस्कृतिक, धार्मिक विधि अनुसार पूजापाठ र ५ बजे दीपावली एवं साँस्कृतिक कार्यक्रम हुने भएको छ । त्यसैगरी १० गते बिहान १०ः ३० बजे खुलामञ्चबाट झाँकीसहितको बृहत र्यालीसँगै अपरान्ह १ः३० बजे मूल समारोह कार्यक्रमको उद्घाटन हुने जनाएको छ । त्यस्तै ११ गते ११ः३० बजेदेखि लोकदोहोरी एवं विविध साँस्कृतिक कार्यक्रमसहित ल्होछार कार्यक्रम सम्पन्न गर्ने कार्यक्रम तय भएको छ ।
बुद्ध धर्मालम्बी भिक्षुणीलाई सामुहिक यौनदर्ुर्व्यवहार गर्ने ५ जनालाई जिल्ला अदालत संखुवासभाले १२/१२ वर्षकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश शाल्रि्राम कोइरालाको बन्द इजलासले उनीहरुलाई दोषी ठहर गर्दै आज सजाए सुनाएको हो । सामुहिक यौनदर्ुर्व्यवहार गर्नेमध्ये राजकुमार लिम्बु, भुवन कोरङगी, सोभित मगर र अभिशेेख मगरलाई १२/१२ वर्षो सजायँ भएको छ भने जबर्जस्ती उद्योग गरेको आरोपमा उनीहरुका साथी द्रोणबहादर र्राईलाई ६ वर्षो कैदको फैसला सुनाइएको छ ।
 पुस २४ गते । अखण्डित ताम्सालीङको सुनिश्चितताको लागि दबाब दिने उद्देश्यले नेपाल तामाङ घेदुङले राज्य पुनःसंरचना सुझाव उच्चस्तरीय आयोगलाई ज्ञापनपत्र बुझाएको छ । केन्द्रीय अध्यक्ष कुमार योन्जनको नेतृत्वमा टोलीले पुस २२ गते आयोगका संयोजक डा. मदन परियारलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै अध्यक्ष योन्जनले सिङ्गो तामाङ समुदायको तर्फाट ज्ञापनपत्रमार्फ गरिएको मागलाई बेवास्ता नगर्न आग्रह गर्नुभयो ।
आयोगका संयोजक परियारले अहिले निकै चुनौतीपर्ूण्ा काममा आफूहरू लागेको बताउँदै सकेसम्म सबै जनताको भावनालाई कदर गर्ने खालको सुझाव तयार पार्न आयोगले प्रयास गर्ने बताउनुभयो । उहाँले सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने पनि बताउनुभयो ।
ज्ञापनपत्र महासचिव कुमार ब्लोनले वाचन गर्नुभएको थियो । ज्ञापनपत्रमा तामाङ समुदायले प्रस्ताव गरेअनुसारको ताम्सालीङको व्यवस्था गरिनुपर्ने, सङ्घीय राज्यमा अग्राधिकार ग्यारेन्टी गरिनुपर्नेलगायतका मागहरू समावेश गरिएका छन् । ज्ञापनपत्रमा विभिन्न समुदायको ऐतिहासिक थातथलो र भूमिमा र समुदायको ऐतिहासिक बाहुल्य निरन्तरताका आधारमा राज्यको पुनःसंरचना गरिनुपर्ने उल्लेख गरिएको छ ।
 पुस १६ गते शनिबार । नेपाल तामाङ घेदुङको राष्ट्रिय कार्यकारिणी समितिको तेस्रो बैठक आज सम्पन्न भ्एको छ । बैठकमा महासचिव कुमार ब्लोन तामाङले घेदुङको गत ६ महिनाको विभिन्न गतिविधिबारे प्रतिवेदन प्रस्तुत गर्नुभयो । महासचिवको प्रतिवेदनमा तामाङ सांस्कृतिक भवन बनाउनका लागि काठमाण्डुमा २ रोपनी १३ आना जग्गा लिने प्रक्रिया अन्तिम चरण पुगेको, भवन निर्माणका लागि अवधारणापत्र तथा भवनको सामान्य फाउन्डेशन नक्सा तयार भएको, भवन निर्माण सहयोग कोषको खाता खोल्ने काम -माछापुच्छ्रे बैंकमा) भएको, घेदुङको मध्यमान्चल, पर्ूवान्चल र पश्चिमान्चल क्षेत्रीय भेला सम्पन्न भएको उल्लेख गरिएको छ ।
 पुस १० गते आइतबार । तामाङ समुदायको अधिकार र मुद्दा नयाँ संविधानमा सुनिश्चित गराउनका लागि सशक्त भूमिका निर्वाह गर्न तामाङ सभासद्हरूले प्रतिवद्धता जनाएका छन् । नेपाल तामाङ घेदुङले आज राजधानीमा गरेको नयाँ संविधानमा ताम्सालीङ ः हाम्रो सरोकार र मुद्दाहरू" विषयक अन्तक्रिर्यामा सभासद् प्रेम तामाङले संविधान निर्माणको प्रक्रिया अब अन्तिम चरणमा आएकोले एकीकृत रूपमा तामाङ समुदायले दबाब दिनुपर्ने बताउनुभयो । १४ प्रदेशको नक्साङ्कनका विषयमा पछि फेरि छलफल गरी टुङ्गो सकिने सहमतिका साथ हस्ताक्षर गर्ने काम भएको जानकारी दिनुभयो ।
यसैगरी सभासद् खुसीराम पाख्रीनले आत्मनिर्ण्र्ााो अधिकार, जातीय स्वायत्तता, अग्राधिकार जस्ता विषयहरू एकीकृत माओवादीले नै ल्याएकोले आफूहरू यी मुद्दाहरूबाट विचलित नभएको बताउनुभयो । उहाँले तामाङ जनताले चाहेको ताम्सालीङसहितको सङ्घीयता ल्याउन सभासद्को हैसियतले सकेको भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो ।
 पुस ७ गते, बिहीबार । अखण्डित ताम्सालीङको सुनिश्चितताको लागि दबाब दिने उद्देश्यले नेपाल तामाङ घेदुङले आज मुख्य तीन दलको पार्टर्ीीार्यालयमा धर्ना दिएको छ । केन्द्रीय अध्यक्ष कुमार योन्जन तामाङको नेतृत्वमा गएको टोलीले धर्ना दिएको हो । धर्ना कार्यक्रममा घेदुङका उपाध्यक्ष बेली लामा, महासचिव कुमार ब्लोन, सचिव प्रतीक ङेसुर तामाङ, केन्द्रीय सदस्यहरू, भ्रातृ संस्थाको अध्यक्ष तथा पदाधिकारीहरू, राजनीतिक दल संवद्ध नेता तथा अगुवाहरूको सहभागिता रहेको थियो । धर्नापछि तीनै दललाई घेदुङले ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा विभिन्न समुदायको ऐतिहासिक थातथलो र भूमिमा र समुदायको ऐतिहासिक बाहुल्य निरन्तरताका आधारमा राज्यको पुनःसंरचना गरिनुपर्ने उल्लेख गरिएको छ । समुदायको ऐतिहासिक भूमि खण्डित गर्ने काम भएमा सङ्घीयताको कुनै अर्थ नहुने भएकोले ताम्सालीङलाई खण्डित पार्ने गरी ल्याइएको सुनकोशी र नारायणी प्रदेशको प्रस्तावलाई खारेज गर्न पनि घेदुङले विज्ञप्तिमा उल्लेख गरेको छ । २०६६ साल कात्तिक २१ विभिन्न राजनीतिक दल संवद्ध तामाङ संस्थाहरुको तर्फाट संयक्त रूपमा जारी गरिएको घोषणापत्रका विषयमा पनि घेदुङले दलहरूको ध्यानाकर्षा गराएको छ । त्यतिखेर जारी गरिएको घोषणापत्रमा "पर्ूवमा दुधकोसी र सो नदीसँग जोडिएको सिन्धुलीको पर्ूर्वी सीमादेखि पश्चिम, पश्चिममा बुढीगण्डकी र नारायणी नदीदेखि पर्ूव, दक्षिणमा चिवतवन जिल्लासहित पर्ूव-पश्चिम राजमार्गदेखि उत्तर र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतको सिमासम्मको भूभाग ताम्सालीङ हो ।"
पुस ५ गते मङ्गलबार । नेपाल तामाङ घेदुङले तोकिएको समयमा संविधान जारी गर्न, अखण्डित ताम्सालीङको सुनिश्चितता गर्न दबाब दिने उद्देश्यले पुस ७ गते बिहीबार संविधानसभाका मुख्य तीन दलको पार्टर्ीीार्यालयमा धर्ना दिने भएको छ । बिहीबार सबैभन्दा पहिले नेकपा एमालेको पार्टर्ीीे कार्यालय बल्खुमा धर्ना दिइने र त्यसपछि नेपाली काङ्ग्रेसको कार्यालय सानेपा र एकीकृत नेकपा माओवादीका केन्द्रीय कार्यालय पेरिसडाँडामा जाने कार्यक्रम रहेको छ । मङ्सिर २७ गते बसेको घेदुङको केन्द्रीय सचिवालयले धर्ना दिने निर्ण्र्ाागरेको हो ।
 नेपाल तामाङ घेदुङले आजदेखि लोकसेवा आयोगको अधिकृत स्तरको तयारी कक्षा सुरु गरेको छ । तयारी कक्षा अभिमुखीकरण कार्यक्रमको आज आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव फटिकबहादुर गोले उद्घाटन गर्नुभयो । नेपाल तामाङ घेदुङको सभाकक्ष पुतलीसडकमा भएको कार्यक्रममा सदस्य सचिव गोलेले राजनीतिक अधिकार उपलब्धीको दिशातर्फअघि बढिरहे पछि राज्य संयन्त्रको मुख्य प्रशासनिक क्षेत्रमा आदिवासी जनजातिहरु पुग्न नसकेको चर्चा गर्नुभयो । उहाँले प्रशासनिक क्षेत्रमा भनेको जस्तो उपस्थिति नभईकन समुदायको हितमा काम गर्न नसक्ने चर्चा गर्नुभयो ।
 मङ्सिर २०, मङ्गलबार । तामाङ जातिको ऐतिहासिक थातथलो ताम्सालीङ प्रदेशलाई खण्डित पारेर उनीहरूलाई हैसियतविहीन बनाउने खेल भइरहेको तामाङ नेताहरूले आरोप लगाएका छन् । नेपाल तामाङ घेदुङले आज गरेको "राज्यको पुनःसंरचनामा ताम्सालीङ' विषयक अन्तक्रिर्यामा उनीहरूले अझै पनि समय बाँकी रहेकोले तामाङ जनताको भावना र प्रस्ताव बमोजिम ताम्सालीङ प्रदेशको नक्साङ्कन तयार पार्न आग्रह गरेका छन् । कार्यक्रममा मानवशास्त्री मुक्तसिंह तामाङले शर्ेपा, सुनकोशी र नारायणी प्रदेशमा ताम्सालीङलाई विभाजन गरेर आफ्नो समुदाय एकीकृत भएर बस्न पाउने अन्तराष्ट्रिय कानुनले दिएको अधिकारबाट समेत वन्चित हुने अवस्था आउन लागेको बताउनुभयो ।
 मङ्सिर २० गते, मङ्गलबार । नेपाल तामाङ घेदुङ खोटाङको दोस्रो जिल्ला अधिवेशनले जेबी -जसबहादुर) पाख्रीन तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मङ्सिर १६ गते सम्पन्न अधिवेशनले २३ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा दावाङ योन्जन तामाङ, सचिवमा पृथी जिम्बा, सह सचिवमा शान्तिकला तामाङ र कोषाध्यक्षमा मदम तामाङलाई छानेको छ । यसैगरी सदस्यहरूमा पदमकुमारी तामाङ, मानबहादुर तामाङ, सरस्वती तामाङ, टीका तामाङ, दिपककुमार तामाङ, कृष्णकुमारी तामाङ, मीना कुमारी तामाङ, अम्बर तामाङ, लाक्पा तामाङ, परशुराम तामाङ, निर्मल तामाङ, मनकुमार तामाङ र पदमबहादुर तामाङ हुनुहुन्छ । पाँच सदस्यहरू विभिन्न भ्रातृ संस्थाहरू गठनपछि पर्ूर्ति गरिने छ । भ्रातृ संस्थाका अध्यक्षहरू पदेन सदस्य रहने व्यवस्था रहेको छ । उद्घाटनपछि सुरु भएको बन्दसत्रले निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो ।
 अर्जुन योन्जन तामाङ, इटहरी सुनसरी
नेपाल तामाङ घेदुङको तेस्रो पुर्वाञ्चल क्षेत्रीय भेला मङ्सिर ३ गते पर्ुवाञ्चलको केन्द्रविन्दु इटहरीमा सम्पन्न भएको छ । पर्ुवाञ्चल क्षेत्रीय संयोजक मोहन गोले तामाङको अध्यक्षतामा सम्पन्न भएको भेलामा प्रमुख अतिथि घेदुङका केन्द्रिय अध्यक्ष कुमार योञ्जन तामाङ, विशेष अतिथि घेदुङका पर्ूव अध्यक्ष एवम् वर्तमान सल्लाहकार परशुराम योञ्जन तामाङ, अतिथिहरूमा महासचिव कुमार ब्लोन तामाङ, एनेकपा माओवादीका नेता तथा घेदुङका सल्लाहकार कमानसिंह लामा, पर्ूव केन्द्रिय अध्यक्ष महेन्द्रजङ्ग योन्जन तामाङ, प्रमुख सल्लाहकार धनप्रसाद तामाङ उपस्थित रहनुभएको थियो । भेलामा पर्ुवाञ्चलका १६ जिल्लाबाट हजारौंको सङ्ख्यामा सहभागीहरु उपस्थित थिए ।
 चौतारा । नेपाल आदिवासी जनजाति महासङ्घको राष्ट्रिय भेला सिन्धुपाल्चोकको चौतारामा ४० बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । भेलाको कात्तिक २४ गते संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन समारोहलाई संबोधन गर्नुहुँदै सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले मूल लक्ष्य प्राप्तिका लागि सबै समुदाय एकजुट भएर हिँड्नुपर्ने बताउनुभयो । नेपालमा स्थापना भएको लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षतालगायतका सवालबाट अब कोही पनि पछाडि हट्न नसक्ने उहाँको तर्क थियो । प्राप्त समावेशी चरित्रसहितको व्यवस्था र समावेशी सङ्घीयतालाई अब संस्थागत गर्नुपर्ने दायित्व सबैकेा काँधमा आएको नेम्वाङको भनाइ छ । यसैगरी शान्ति प्रक्रिया र संविधान लेखनको कामलाई पर्ूण्ाता दिन र आफनो हक अधिकार व्यवस्थित गर्न आदिवासी जनजातिहरूले सकारात्मक हस्तक्षेप गर्नुपर्ने धारणा नेम्वाङले राख्नुभयो ।
कात्तिक १९, शनिबार । सङ्घीय मामिला तथा संस्कृति मन्त्री गोपाल किरँतीले ज्ाातीय पहिचानको आधारमा राज्य पर्ुनर्संरचना नभए देशमा रक्तपात मच्चिने बताउनुभएको छ । आज काभ्रेको बनेपामा रहेको बुडोलमा नेपाल तामाङ घेदुङ मध्यमाञ्चल क्षेत्रले आयोजना गरेको विश्व आदिवासी घोषणापत्र, आईएलओको व्यवस्था र नयाँ संविधान विषयक विचार गोष्ठीमा मन्त्री किराँतीले यस्तो बताउनुभएको हो ।
|
|
| |
|
 Latest Articles |
 नेपाल तामाङ घेदुङ विशेष राष्ट्रिय भेला - काठमाडौं घोषणापत्र  नेपाल तामाङ घेदुङको विशेष राष्टिय भेला मिति २०६९ साल असार १ गते सम्पन्न भयो । भेलामा केन्द्रीय समितिका ५६ जना पदाधिकारी एवं सदस्यहरु र देशभरिका ४२ जिल्लाका १ महिलासहित जिल्ला अध्यक्ष र सचिवहरु तथा भातृसंगठनका प्रमुखहरुको सहभागिता थियो । भेलाले र्सवप्रथम, आदिवासी जनजाति संयुक्त सङ्र्घष्ा समिति तथा आ आफ्नो संस्थाको आहृवान्मा भएको जातीय पहिचानसहितको सङ्घीयताको आन्दोलनमा सहयोग र योगदान गर्नु हुने समस्त जनसमुदायमा हार्दिक आभार व्यक्त गर्दै ७, ८ र ९ गतेको देशव्यापी आमहड्ताललाई ऐतिहासिक आन्दोलनको रुपमा समीक्षा गरेको छ । यो भेला आन्दोलनका क्रममा नेपाल सरकारसँग भएको ९ बुँदे सहमतिको कार्यन्वयमा जोड दिन्छ र घाइते, तोडफोड, आगजनी आदिबाट भएका क्षतिको अविलम्ब क्षतिपर्ूर्ति प्रदान गर्न सरकारसँग माग गर्दछ । यो भेला जातीय पहिचानसहितको सङ्घीयताको आन्दोलनमा घाइते हुनुहुने, प्रहरीको हिरासतमा पर्नुहुने सबै साथीहरुको उच्च मुल्यांकन गर्दछ । र, नवलपरासी घट्नामा घाइते भई शिक्षण अस्पतालमा उपचार गर्दागर्दै दिवंगत हुनुभएका सहिद थारु धनबहादुर थनेतप्रति भावपर्ूण्ा श्रद्धान्जली र सम्मान व्यक्त गर्दछ । साथै, यो भेला आ आफ्नो दलभित्र आफ्नो जाति समुदायको पहिचानसहितको सङ्घीयता, समानाधिकार एवं स्वशासनका लागि दृढतापर्ूवक उभिनुहुने तथा न्यायपर्ूण्ा आन्दोलनलाई सहयोग र र्समर्थन गर्नुहुने सम्पर्ूण्ा नेता तथा कार्यकर्ता साथीहरुमा पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछ । भेलाले २०७९ साल जेठ १४ गते राति नेपाली जनताको ६ दशक लामो अनवरत सङ्र्घष्ाहरुका उपलव्धिहरुको संस्थागत र नयाँ संविधान जारी नगरी हठात् संविधानसभाको विघटन भएकोमा सो को निन्दा र भत्र्सना गर्दै गंभीर दुःख व्यक्त गरेको छ ।  तामाङ जातिको महान् सांस्कृतिक पर्व ल्होछार कुमार योन्जन तामाङ
नेपालको हिमाली पहाडी आदिवासी समुदायहरुमा तामाङ दोस्रो ठूलो समुदाय हो । नेपालको तथ्याङ्कअनुसार नेपालमा तामाङहरु ५.६ प्रतिशत सङ्ख्यामा छन् । यो नेपालका समग्र जातजातिहरुमा पा“चौं ठूलो समुदाय मानिन्छ । नेपालको मध्य तथा पर्ूर्वी पहाडी तथा हिमाली भेगमा बढी केन्द्रीत भएर फैलिएको तामाङ जातिले मान्ने माघमा पर्ने सोनाम ल्होछार पर्व समग्र हिमाली समुदायहरुको साझा पर्व हो । ल्होछार नया“ वर्षो रुपमा देखिएपनि समग्र हिमाली समुदायको यो महान् सांस्कृतिक पर्व पनि हो । हिन्दूहरुको दसैं जस्तै बौद्ध धर्म मान्ने आदिवासी जनजातिहरुको सामाजिक जीवनमा यसको ज्यादै ठूलो सांस्कृतिक धार्मिक महत्व छ । त्यसैले तामाङलगायतका समुदायहरु यसलाई ल्हो फिर्ने दिनका रुपमा मात्र होइन मूलतः आफ्नो महान् सांस्कृतिक चाडका रुपमा मान्दछन् ।
यस वर्षतामाङ जातिको परम्परागत धार्मिक-सांस्कृतिक महान् चाड डुक ल्होछार-२८४८ -गरुड नया“ वर्ष तामाङ ख्रे-ला छेपा गी -माघ शुक्ल प्रत्रि्रदा) अर्थात् वि.स. २०६८ साल माघ १० गते तदनुसार द्दण्ज्ञद्द व्बल। द्दद्ध देखि सुरु हुन गइरहेको छ । विश्वमा अहिले ६० देखि ६५ लाखको सङ्ख्यामा तामाङहरु रहेको अनुमान गरिन्छ । तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपर्ूण्ा भूमिका रहेको छ । यो "ल्हो" परम्परा, तामाङ संस्कृतिकै अभिन्न अङ्ग हो । ल्हो परम्पराकै आधारमा तामाङ समाजको जीवनमा उसको संस्कृति र संस्कार परिचालित छ । अतः यसले तामाङ जातिको उद्गम्, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई नै प्रतिविम्बित गर्दछ । |
 Notice Board |
 शाखा अधिकृतसम्बन्धी तयारी कक्षासम्बन्धी नेपाल तामाङ घेदुङको सूचना लोकसेवा आयोगबाट शाखा अधिकृत पदको निकट भविष्यमै विज्ञापन हुन गइरहेकोले सो पदको लिखित परीक्षाको लागि निम्न, स्थान र समयमा तयारी कक्षा सन्चालन हुन लागेकोले इच्छुक तामाङ समुदायका स्नातक तह उत्तर्ीण्ा गर |
|
 Sister Organization |
 Nepal Tamang Student Ghedung
 Nepal Tamang Women Ghedung
 Nepal Tamang Lama Ghedung
 Nepal Tamang Cultural Ghedung
 Nepal Tamang Youth Ghedung
 Nepal Tamang Teacher Ghedung
|
 Main Departs |
 Organization Depart
 Media & Public Relation Depart
 Education & Sports
 Language, Literature & Publication
 Profession & Business Coordination
|
|
 Useful Links |
|
|
 Guest Book |
 MABI TAMANG - From: Nepal
LASSO MULA.WE FEEL PROUDY TO BING TAMANG.SO NEVER FEEL BOTHERING. WE ALL HAVE TO MAKE OUR CULTURE FAMOUS .... |
|
|
|