Detail ARTICLE
घेदुङको मुद्दा लिएर हामी गाउ“ गाउ“ जान्छौ

Posted On : Dec 5 2011 Monday 10:15:41 PM | Views : 606

मीना तामाङ, सयोजक मध्यमान्चल क्षेत्रीय समिति, नेपाल तामाङ घेदुङ

मध्यमान्चल भेला कस्तो रह्यो -

हामीले सोचेको भन्दा धेरै सफल भयो । मध्यमान्चल भेला स“गस“गै हामीले आईएलओ अभिसन्ध १ि६९ को विषयमा अन्तक्रिर्या कार्यक्रम पनि राखेका थियौं । यो खुला छलफलमा धेरै व्यक्तित्वहरुको सहभागिता रह्यो । विभिन्न जातीय सङ्गठनका प्रतिनिधिहरुको उपस्थिति रह्यो । अन्तक्रिर्यामा राम्रो छलफलभयो । सबैले सहभागी भएर विषयवस्तुमा आ-आफ्ना धारणा राखे । समग्रमा भेला राम्रो र सफल भयो भन्ने हाम्रो ठहर हो ।

भेलामा कुन विषयमा बढी छलफल भयो -

मुख्य गरी आदिवासी जनजाति र घेदुङले उठाउ“दै आएको मुद्दाकै विषयमा छलफल केन्द्रीत रह्यो । ताम्सालीङ, जातीय स्वशासन, सङ्घीय संरचना र आधारजस्ता विषयमा धेरै सवालहरू उठे । घेदुङले केन्द्रमा बनाएको योजनालाई जिल्ला जिल्लामा, गाउ“ तहमा कसरी पुर्‍याउने,  हक अधिकार र आन्दोलनका मुद्दा कसरी बुझाउने भन्ने विषयमा छलफल केन्द्रीत रह्यो । यिनी विषयमा आगामी दिनमा प्रभावकारी रूपमा काम गर्न मध्यमान्चलमा सात सदस्यीय सचिवालय पनि बनाएका छौं । यही सचिवालयले केन्द्रको योजनालाई तल तलसम्म लैजानका लागि योजना बनाउने छ ।

मुद्दाहरूलाई कसरी गाउ“ गाउ“मा लग्नुहुन्छ -

आदिवासी जनजातिहरूको तामाङ समुदायको विषयवस्तु वा मुद्दाहरूका विषयमा तलका क्षेत्र र गाउ“मा व्यापक रूपमा योजना बनाएर लग्ने सोच बनेको छ । यसको लागि हामी समय र स्थान तोकेर निश्चित समयमा अभियान सन्चालन गर्नेछौं ।

मध्यमान्चलमा तामाङ घेदुङको विभिन्न समितिहरूलाई कसरी सक्रिय पार्ने योजना छ -

अहिले पछिल्लो समयमा मध्यमान्चल क्षेत्रीय समितको सक्रियता केही बढेको छ । मध्यमान्चल क्षेत्रीय समितिले केही समयअघि काठमाडौंमा राजनीतिक गोष्ठी गरेको छ । हामीले जिल्ला र इकाईहरूलाई सक्रिय पार्न यसले केही नीति र योजनाहरु तय गरेका छौं । यसलाई चार पा“च /चार पा“चवटा भेगमा योजनावद्ध रुपमा लैजाने सोच छ । अबका दिनमा घेदुङका सबै समितिलाई सक्रिया पार्ने उद्देश्यले हामी काम थाल्दैछौं ।

मध्यमान्चल घेदुङका लागि अहिले प्राथमिकतामा राखेर काम गर्नुपर्ने कामहरू के के हुन् -

अहिले मुलुकमा शान्ति र सविधान निर्माणको प्रक्रिया चलिरहेको छ । नया“ संविधानमा तामाङ जातिको अधिकारहरूलाई कसरी सुनिश्चित गर्ने, यसमा हामीले के मद्दत गर्ने भन्ने विषयमा योजनाहरू बनाउनर्ुपर्छ । बढी ध्यान यसैमा दिनर्ुपर्छ भन्ने लाग्छ । यो मङ्सिर महिनाभित्र हामी हाम्रो अधिकार, जिम्मेवारी र दायित्वका विषयमा जिल्ला जिल्लामा अन्तक्रिर्याहरू गर्ने तरखरमा छौं ।
 More Headlines
Latest Articles
नेपाल तामाङ घेदुङ विशेष राष्ट्रिय भेला - काठमाडौं घोषणापत्र
नेपाल तामाङ घेदुङ विशेष राष्ट्रिय भेला - काठमाडौं घोषणापत्र नेपाल तामाङ घेदुङको विशेष राष्टिय भेला मिति २०६९ साल असार १ गते सम्पन्न भयो । भेलामा केन्द्रीय समितिका ५६ जना पदाधिकारी एवं सदस्यहरु र देशभरिका ४२ जिल्लाका १ महिलासहित जिल्ला अध्यक्ष र सचिवहरु तथा भातृसंगठनका प्रमुखहरुको सहभागिता थियो । भेलाले र्सवप्रथम, आदिवासी जनजाति संयुक्त सङ्र्घष्ा समिति तथा आ आफ्नो संस्थाको आहृवान्मा भएको जातीय पहिचानसहितको सङ्घीयताको आन्दोलनमा सहयोग र योगदान गर्नु हुने समस्त जनसमुदायमा हार्दिक आभार व्यक्त गर्दै ७, ८ र ९ गतेको देशव्यापी आमहड्ताललाई ऐतिहासिक आन्दोलनको रुपमा समीक्षा गरेको छ । यो भेला आन्दोलनका क्रममा नेपाल सरकारसँग भएको ९ बुँदे सहमतिको कार्यन्वयमा जोड दिन्छ र घाइते, तोडफोड, आगजनी आदिबाट भएका क्षतिको अविलम्ब क्षतिपर्ूर्ति प्रदान गर्न सरकारसँग माग गर्दछ । यो भेला जातीय पहिचानसहितको सङ्घीयताको आन्दोलनमा घाइते हुनुहुने, प्रहरीको हिरासतमा पर्नुहुने सबै साथीहरुको उच्च मुल्यांकन गर्दछ । र, नवलपरासी घट्नामा घाइते भई शिक्षण अस्पतालमा उपचार गर्दागर्दै दिवंगत हुनुभएका सहिद थारु धनबहादुर थनेतप्रति भावपर्ूण्ा श्रद्धान्जली र सम्मान व्यक्त गर्दछ । साथै, यो भेला आ आफ्नो दलभित्र आफ्नो जाति समुदायको पहिचानसहितको सङ्घीयता, समानाधिकार एवं स्वशासनका लागि दृढतापर्ूवक उभिनुहुने तथा न्यायपर्ूण्ा आन्दोलनलाई सहयोग र र्समर्थन गर्नुहुने सम्पर्ूण्ा नेता तथा कार्यकर्ता साथीहरुमा पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछ । भेलाले २०७९ साल जेठ १४ गते राति नेपाली जनताको ६ दशक लामो अनवरत सङ्र्घष्ाहरुका उपलव्धिहरुको संस्थागत र नयाँ संविधान जारी नगरी हठात् संविधानसभाको विघटन भएकोमा सो को निन्दा र भत्र्सना गर्दै गंभीर दुःख व्यक्त गरेको छ ।
तामाङ जातिको महान् सांस्कृतिक पर्व ल्होछार
कुमार योन्जन तामाङ नेपालको हिमाली पहाडी आदिवासी समुदायहरुमा तामाङ दोस्रो ठूलो समुदाय हो । नेपालको तथ्याङ्कअनुसार नेपालमा तामाङहरु ५.६ प्रतिशत सङ्ख्यामा छन् । यो नेपालका समग्र जातजातिहरुमा पा“चौं ठूलो समुदाय मानिन्छ । नेपालको मध्य तथा पर्ूर्वी पहाडी तथा हिमाली भेगमा बढी केन्द्रीत भएर फैलिएको तामाङ जातिले मान्ने माघमा पर्ने सोनाम ल्होछार पर्व समग्र हिमाली समुदायहरुको साझा पर्व हो । ल्होछार नया“ वर्षो रुपमा देखिएपनि समग्र हिमाली समुदायको यो महान् सांस्कृतिक पर्व पनि हो । हिन्दूहरुको दसैं जस्तै बौद्ध धर्म मान्ने आदिवासी जनजातिहरुको सामाजिक जीवनमा यसको ज्यादै ठूलो सांस्कृतिक धार्मिक महत्व छ । त्यसैले तामाङलगायतका समुदायहरु यसलाई ल्हो फिर्ने दिनका रुपमा मात्र होइन मूलतः आफ्नो महान् सांस्कृतिक चाडका रुपमा मान्दछन् । यस वर्षतामाङ जातिको परम्परागत धार्मिक-सांस्कृतिक महान् चाड डुक ल्होछार-२८४८ -गरुड नया“ वर्ष तामाङ ख्रे-ला छेपा गी -माघ शुक्ल प्रत्रि्रदा) अर्थात् वि.स. २०६८ साल माघ १० गते तदनुसार द्दण्ज्ञद्द व्बल। द्दद्ध देखि सुरु हुन गइरहेको छ । विश्वमा अहिले ६० देखि ६५ लाखको सङ्ख्यामा तामाङहरु रहेको अनुमान गरिन्छ । तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपर्ूण्ा भूमिका रहेको छ । यो "ल्हो" परम्परा, तामाङ संस्कृतिकै अभिन्न अङ्ग हो । ल्हो परम्पराकै आधारमा तामाङ समाजको जीवनमा उसको संस्कृति र संस्कार परिचालित छ । अतः यसले तामाङ जातिको उद्गम्, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई नै प्रतिविम्बित गर्दछ ।
 Notice Board
शाखा अधिकृतसम्बन्धी तयारी कक्षासम्बन्धी नेपाल तामाङ घेदुङको सूचना
लोकसेवा आयोगबाट शाखा अधिकृत पदको निकट भविष्यमै विज्ञापन हुन गइरहेकोले सो पदको लिखित परीक्षाको लागि निम्न, स्थान र समयमा तयारी कक्षा सन्चालन हुन लागेकोले इच्छुक तामाङ समुदायका स्नातक तह उत्तर्ीण्ा गर
 Sister Organization
 Main Departs
 Useful Links
Guest Book
 MABI TAMANG - From: Nepal
LASSO MULA.WE FEEL PROUDY TO BING TAMANG.SO NEVER FEEL BOTHERING. WE ALL HAVE TO MAKE OUR CULTURE FAMOUS ....