|
|
 Detail ARTICLE
तामाङ जातिको महान् सांस्कृतिक पर्व ल्होछार
Posted On : Jan 20 2012 Friday 12:31:29 AM | Views : 825 कुमार योन्जन तामाङ नेपालको हिमाली पहाडी आदिवासी समुदायहरुमा तामाङ दोस्रो ठूलो समुदाय हो । नेपालको तथ्याङ्कअनुसार नेपालमा तामाङहरु ५.६ प्रतिशत सङ्ख्यामा छन् । यो नेपालका समग्र जातजातिहरुमा पा“चौं ठूलो समुदाय मानिन्छ । नेपालको मध्य तथा पर्ूर्वी पहाडी तथा हिमाली भेगमा बढी केन्द्रीत भएर फैलिएको तामाङ जातिले मान्ने माघमा पर्ने सोनाम ल्होछार पर्व समग्र हिमाली समुदायहरुको साझा पर्व हो । ल्होछार नया“ वर्षो रुपमा देखिएपनि समग्र हिमाली समुदायको यो महान् सांस्कृतिक पर्व पनि हो । हिन्दूहरुको दसैं जस्तै बौद्ध धर्म मान्ने आदिवासी जनजातिहरुको सामाजिक जीवनमा यसको ज्यादै ठूलो सांस्कृतिक धार्मिक महत्व छ । त्यसैले तामाङलगायतका समुदायहरु यसलाई ल्हो फिर्ने दिनका रुपमा मात्र होइन मूलतः आफ्नो महान् सांस्कृतिक चाडका रुपमा मान्दछन् । यस वर्षतामाङ जातिको परम्परागत धार्मिक-सांस्कृतिक महान् चाड डुक ल्होछार-२८४८ -गरुड नया“ वर्ष तामाङ ख्रे-ला छेपा गी -माघ शुक्ल प्रत्रि्रदा) अर्थात् वि.स. २०६८ साल माघ १० गते तदनुसार द्दण्ज्ञद्द व्बल। द्दद्ध देखि सुरु हुन गइरहेको छ । विश्वमा अहिले ६० देखि ६५ लाखको सङ्ख्यामा तामाङहरु रहेको अनुमान गरिन्छ । तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपर्ूण्ा भूमिका रहेको छ । यो "ल्हो" परम्परा, तामाङ संस्कृतिकै अभिन्न अङ्ग हो । ल्हो परम्पराकै आधारमा तामाङ समाजको जीवनमा उसको संस्कृति र संस्कार परिचालित छ । अतः यसले तामाङ जातिको उद्गम्, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई नै प्रतिविम्बित गर्दछ । के हो ल्होछार भनेको - "ल्हो"को अर्थ साल, सम्वत्, वर्ष उमेर हो र "छार"को अर्थ नया“ हो । अर्थात् ल्होछारको अर्थ "नया“ वर्ष हो । ल्हो १२ वटा हुन्छन् अर्थात् यसलाई 'ल्होखोर च्युङी' भनिन्छ । विभिन्न पशुपन्छीको नामबाट "ल्हो" को नाम राखिएको हुन्छ । १२ "ल्हो" मध्ये प्रत्येक वर्षएक-एकवटा "ल्हो" फेरिन्छ । यही "ल्हो" फेरिने दिनलाई तामाङ भाषामा "ल्होछार" भनिन्छ । तामाङ समाजका लागि यो नया“ वर्षमात्र नभएर एउटा महान् सांस्कृतिक पर्व पनि हो । यो पर्व तामाङहरुले आफ्नो धार्मिक एवं सांस्कृतिक परम्पराअनुसार लगातार १५ दिनसम्म मनाउ“दछन् । संसारभर यसै दिनदेखि "ल्होछार" पर्व बडा हर्षोल्लासकासाथ मनाइन्छ । चीन, मङ्गोलिया, जापान, कोरिया, हङकङ, भियतनाम, लाओस, थाईल्याण्ड, ताइवान, मलेसिया, सिङ्गापुर आदि देशहरुमा पनि यसै दिन "ल्होछार" -नया“ वर्ष मनाइन्छ । उनीहरु यसलाई वसन्त उत्सव ९क्उचष्लन ँभकतष्खब० िका रुपमा पनि मनाउ“दछन् । त्यसैले "माघ शुक्ल प्रतिपदा"का दिन मनाइने "ल्होछार" नै "अन्तर्रर्ााट्रय ल्होछार" हो । नेपालमा तामाङलगायत ह्योल्मो, मनाङ्गे, हुम्ली तामाङ, डोल्पाली, शर्ेपा, तोप्केगोला, सिङ्शा, ताङबे, थकाली, जिरेल, गुरुङ, खाममगर, दुरा, भोटे नेस्याङबा आदि हिमाली तथा पहाडी मूलका आदिवासी/जनजातिहरुले ल्होछार -नया“ वर्ष चाड मान्दछन् । तामाङ जातिको यो महान् ल्होछार पर्व प्रत्येक वर्षखे्रला छेपा-गी अर्थात् चन्द्र माघ महिनाको माघ शुक्ल प्रतिपदादेखि पूणिर्मासम्म मनाइने भएपनि आर्थिक रुपमा बोझ नपरोस् र सामाजिक, धार्मिक, सांस्कृतिक पर्व पनि मनाइयोस् भन्ने उद्देश्यले पहिलो पा“च दिन मात्र मनाउने प्रक्रियामा छन् । त्यसैकारण तामाङ समुदायले ल्होछारमा पा“च दिन र्सार्वजनिक बिदाका लागि २०४७ सालदेखि नै माग गर्दै आएको छ । र्सार्वजनिक बिदा र राष्ट्रिय पर्वको मान्यता ः २०५१ साल माघ १३ गते तत्कालीन सरकारले ल्होछार मान्नेलाई मात्र बिदा दिएकोमा गत वर्ष२०६४ सालदेखि नेपाल सरकारले ल्होछारलाई "माघ शुक्ल प्रतिपदा"को दिन "र्सार्वजनिक बिदा" दिने घोषणा गरेको छ । सो दिनदेखि ल्होछार पर्व नेपाल राज्यद्वारा "मान्यता प्राप्त राष्ट्रिय पर्व" भएको छ । यसबाट तामाङलगायत जनजातिहरुको स्वतन्त्रता र मौलिक राष्ट्रिय पहिचान राजकीयस्तरमा स्थापित भई नेपाली संस्कृतिको अभिन्न अंगको रुपमा मुखरित भएको छ । तर नेपाल र भारतमा मात्र होइन विश्वभरि नै फैलिएको विशाल जाति भएको तथा सांस्कृतिक परम्पराका हिसाबले १५ दिनसम्म मनाइने पर्व भएकाले पनि कम्तिमा ५ दिन र्सार्वजनिक बिदा दिएर पर्वलाई सहज ढङ्गले समुदायले मनाउन सक्ने वातावरण बनाउन आवश्यक भएको हो । र यो हिन्दूहरुको दसैं तिहारले अहिले पनि ११/१३ दिनसम्म र्सार्वजनिक बिदा पाइरहेको सर्न्दर्भमा नौलो र अन्यायोचित होइन र छैन ।
ल्होछारमा ५ दिन र्सार्वजनिक बिदा किन - संसारमा "ल्होछार पर्व" अन्तर्रर्ााट्रय रुपमा "माघ शुक्ल प्रतिपदा"को दिन परेपनि मान्ने तरिका भने मुलुक र समुदायको संस्कृतिअनुसार भिन्न भिन्न रहेको पाइन्छ । यस्तो विविधता भौगोलिक स्थिति, वस्तु-उत्पादन र उपलब्धता, बजारव्यवस्था र अर्थतन्त्र तथा संास्कृतिक नीतिका कारणले पनि देखिएका छन् । समग्रमा ल्होछार मान्ने तरिकालाई तीन भागमा राखेर हर्ेन सकिन्छ । पर्ूव तयारी ९एचभउबचबतष्यल०, ल्होछारको पर्ूवसन्ध्या ९ीजयअजजबच भ्खभ०, ल्होछार पश्चात् ९एयकत ीजयअजजबच० । ल्होछारको पर्ूव तयारी ९एचभउबचबतष्यल ायच ीजयअजजबच ँभकतष्खब० िसामान्यतया तामाङ समाजमा ल्होछार आउनुभन्दा एक महिना अगावै "ल्होछार"को तयारी सुरु हुन्छ । डोल्पा, मुगु, मुस्ताङ आदि ठाउ“मा आज पनि एक महिना अघि नै छेगो -गुथुक) खाएर ल्होछारलाई स्वागत गर्ने चलन छ । यो अवधिमा नया“ वर्षलाग्नुभन्दा पहिले "नसकिएका" कामहरु सम्पन्न गर्ने, अप्रीय घटनाहरु नदोहोरिउन् भनी कर्मकाण्ड गर्ने तथा नया“ वर्षाई स्वागत गर्ने तयारी गर्दछन् । तर्सथ पुरानो वर्षो १२ औं महिनाको अन्तिम दिनहरुमा घर, गाउ“/टोल, बाटोघाटो, आ“गन, चौतारा, पानीपधे“रो, गोठ आदि मर्मतसम्भार, सफासुग्घर र लिपपोत गर्दछन् । खानापिनाका लागि फलफूल, कन्दमूल र पूजाका सामग्रीहरु तयार गर्दछन् । अन्तिम दिनमा, हरेक परिवारले ल्होछारको दिन कुलदेवताको थान वा देवीदेवताको थानमा आगामी वर्षराम्रो खेती बालिनाली होस् भनी पर््रार्थना गर्नका लागि बीउबीजन पानीमा भिजाई टुसा आउने पार्दछन् । ल्होछारको पर्ूव सन्ध्या ९ीजयअजजबच भ्खभ० पूरानो वर्षो अन्तिम औंसीको दिन मानिसहरु बत्ती बाल्नु, भगवान्को दर्शन गर्न तथा बत्ती चढाउनुका लागि गुम्बाहरुमा जान्छन् । धेरै कर्मकाण्डहरु मार-खराव) वा अकुशल प्रेतात्मा वा अपसगुन हटाउनुका लागि गर्ने गर्दछन् । सो दिन लामाहरुले मार-खराब)माथि सत्यको विजय देखाउने खालका मकुण्डो नाच देखाउने गर्दछन् । सामान्यतयाः ल्होछारको पर्ूव सन्ध्यामा निम्न कार्यहरु गर्दछन् । -क) ल्हो, थर, कुल र वंशको परम्पराअनुसार आ-आफ्नो कुलपूजा गर्ने र परिवारमा सुखशान्ति, समृद्धि र स्वास्थ्य लाभको लागि पितृहरुबाट आशर्ीवाद तथा शक्ति माग्ने । -ख) फिर्ने ल्होको मानिस भएमा उसको ग्रह चल्छ भन्ने मानिन्छ । त्यसैले ल्हो खोर्लाे बनाएर ग्रहदशा फाल्ने । -ग) आगामी वर्षा अन्नबाली राम्रो होस् भनी डालोमा बीउविजन राख्ने तथा टुसा आएको बीउबिजन राखी पूजापाठ गर्ने । -घ) परिवारका सबै सदस्यहरु भेलाभई भोज खाने, परम्परागत रुपमा गुथुक -बाह्र ल्हो को टाउको बनाएर थुक्पा खाने) खाने, आतासवाजी गर्ने, मनोरञ्जनात्मक नाचगान तथा रमाइलो ठट्टा गरी नया“ वर्षो प्रारम्भ नभएसम्म बस्ने र नया“ वर्षो बिहान दिनलाई स्वागत गर्ने । -ङ) अ“ध्यारोलाई उज्यालोले हटाए जस्तै परिवारमा सधै“ उज्यालो र खुसियाली आओस् भनी बेलुका बालेका बत्ती रातभर बाली राख्ने वा आकाश बत्ती बनाएर घरआ“गनमा रातभर बालि राख्ने । यसका लागि घरका सबै परिवार घरमा जम्मा हुनैपर्ने परम्परा छ । ल्होछार प्रारम्भ, पहिलो दिन ९ीजयअजजबचुक ँष्चकत म्बथ० ल्होछारको पहिलो दिन मुख्यतः निम्न कार्यहरु सम्पन्न गर्ने परम्परा छः -क) छो चढाउने ः ल्होछारको दिन घरमुली, घरको जेठोबाठो वा घरको अन्य कुनै सदस्यले सबेरै नुहाएर सफा भएर आफ्नो घरमा भएको लाखाङ वा छ्योअीखाङ र सो नभएमा भगवान् गौतम बुद्धको कु वा तस्वीर राखी चोखो पानी, साङ छेमार वा फेमार दुची -दुअीछ्यु) तथा छो -फलफूल, कन्दमुल-आलु/भ्याकुर/ तरुल, खाप्से गेङ, बाबर गेङ, आदि) पकवानहरु राखी साङसेरग्याम -पूजाआजा/धुपधुवार) गर्ने तथा भगवान तथा पर्ूखाहरुप्रति धन्यवाद ज्ञापन गर्ने र पर्याप्त खान, लाउन, बस्न तथा धनधान्य, समृद्ध परिवारको लागि आशर्ीवाद माग्ने चलन छ । पूजामा चढाएको "छो"-प्रसाद), दुइअी, फेमर आदिले पाहुनाहरुलाई नया“ वर्षो सगुन तथा प्रसादको रुपमा स्वागत गर्ने परम्परा छ ।
-ख) दर्जु उठाउने सो दिन नया“ ल्हो को आगमन -ल्होछार) ले समस्त जगतकै प्राणीहरुको रक्षा एवं कल्याण गरुन् भनी मंगलमय कामना स्वरुप ल्होछारको प्रतीकको रुपमा घर, गुम्बा, मठ-मन्दिरहरुमा लुङदर/दार्ज्र्यू फहराउने चलन छ र फहराइन्छ । लामालाई आफ्नो ल्हो अनुसार ची -पात्रो) हेर्राई लामागुरुले भनेअनुसारको दर्जु राख्न सकिन्छ । लामा नभएमा पा“चै रङ्गको दर्जु राखे हुन्छ । त्यसो पनि नभेटेमा आकाशे रंगको दर्जु राख्नु राम्रो मानिन्छ । उक्त दिन दर्जु नराखेमा वसन्त पञ्चमीको दिन बिहान सबेरै दर्जु उठाउनु राम्रो हुन्छ । दर्जुस“गै धूपबत्ती बाल्ने र केम -स्याल्गर/भगवान्लाई चढाउने फलफूल) चढाउने गरिन्छ । सकेसम्म पहिलो दिन वा पञ्चमीभित्रमा ल्होछारको उपलक्ष्यमा सामूहिक समारोह गर्ने र सो समारोहमा संयुक्त रुपमा दर्जु उर्ठाई सबैले "ल्ह ग्वल्लो दुद् फाम्मो" -देवताको जीत मारको हार) भनी खुसीयाली स्वरुप चम्बा आकाशमा उर्डाई हर्षबर्ढाई गर्ने र त्यसपछि शुभकामना आदान प्रदान गर्ने ।
-ग) आशर्ीवाद तथा शुभकामना दिने-लिने पूजाआजा सकेपछि सुख, शान्ति, निरोगिता र दर्ीघायुको लागि सबै सदस्यहरुलाई परिवारको ज्येष्ठ व्यक्तिबाट नौनीघीऊ तथा कोकोम्हेन्दोको टीका तथा खाता आशर्ीवाद स्वरुप दिने र सानो साइनोकोले आफूभन्दा ठूलालाई पनि ढोग, खादा चर्ढाई वा उपहार दिई सुख शान्तिको कामना गर्ने । भोजभत्तेर खाने । साथीसङ्गीस“ग मिलेर रमाइलो गर्ने गरिन्छ ।
ल्होछार प्रारम्भ पश्चात् ९एयकत ीजयअजजबच० ल्होछारको दोस्रो दिनदेखि वसन्तपन्चमीसम्म मान्यजन, नातागोता, कुल कुटुम्बा, इष्टमित्रलगायत सबै साथीसंगीहरुलाई भेटघाट गरी खादासहित शुभकामना आदान प्रदान गर्ने गरिन्छ । आलोपालो गरी इष्टमित्र कहा“ जाने, आशर्ीवाद आदान(प्रदानका साथै आफ्नो दाजुभाइ, चेलिबेटी बोलाउने र खानपीन गर्ने गरिन्छ । साथै, आफूले मान्नर्ुपर्ने व्यक्तिहरुका आशर्ीवाद लिन जाने र आफूकहा“ आउने पाहुनाहरुलाई स्वागत गर्ने चलन छ । यो क्रम प्रतिपदादेखि वसन्त पञ्चमीसम्म नै चल्छ । र वसन्त पञ्चमीमा साना बाबुनानीहरुलाई पठन-पाठन गराएमा छिटो सिक्ने भन्ने विश्वास भएकाले शिक्षा आरम्भ गराउने तथा दर्ज्र्यू फहराउन बा“की भएकाले दर्ज्र्यू ठड्याउने चलन छ । यसैबेला आउ“दो वर्षरिको अन्नबाली राम्रो र सफल होस् भनी भूमिपूजा, मङ्गलपूजा, प्रीतिभोज, वनभोज तथा सांस्कृतिक कार्यक्रम आदिको आयोजना गरी मैत्री एवं भावनात्मक एकताका रुपमा हषर्ाेल्लासपर्ूण्ा वातावरणमा ल्होछार्रपर्व सम्पन्न गर्ने परम्परा छ । यस्तो सांस्कृतिक पर्वमा राज्यले दिने चाडर्/पर्व खर्च तामाङहरुलाई उसको महान् पर्व ल्होछारमा नै दिने व्यवस्था पनि राज्यले मिलाउनर्ुपर्दछ । अतः ल्होछारको प्रारम्भ अघि गरिने धार्मिक तथा सांस्कृतिक उत्सव ९ीजयअजजबच भ्खभ० सम्पन्न गर्न दर्ुइ दिन र प्रारम्भपछि सांस्कृतिक पर्व सम्पन्न गर्न ३ दिन र्सार्वजनिक बिदा तामाङ समाजका लागि अनिवार्य हुन्छ । यसैकारण तामाङहरुले जोड्दार रुपमा ल्होछारमा पा“च दिन बिदाका लागि आवाज उठाएका हुन् र उठाउनर्ुपर्दछ र सो अनुरुप हिन्दूको दसैं तिहारमा अहिले पनि ११/१३ दिनसम्म बिदा पाउ“दा तामाङले आफ्नो महान् सांस्कृतिक पर्वमा नदिने र नपाउने भन्ने कुरा हुनै सक्दैन । राज्यले पनि यसतर्फगम्भीरतापर्ूवक सोच्नर्ुपर्दछ ।
अन्तमा, हालसम्म पनि मुलुकको "राष्ट्रिय सांस्कृतिक नीति" बनिसकेको छैन । देश धर्मनिरपेक्ष घोषणा भएको वर्षनाघिसक्यो तर यसतर्फसरकारको ध्यान नजानुले आशंकाहरु पैदा भएका छन् । आज पनि हिन्दू धर्म र संस्कृतिअनुसार नै राज्य चलिरहेको हु“दा राज्यले अविलम्ब राष्ट्रिय सांस्कृतिक नीति बनाउन तथा सबै जातजाति, धर्म सम्प्रदायको सांस्कृतिक पर्वहरुलाई समान मान्यता दिने नीति ल्याउन जरुरी छ । अहिले हिन्दूहरुको पर्व दसैं र तिहारमा ११/१३ दिन र अन्य धार्मिक तथा सांस्कृतिक बिदा गरेर वर्षा २६ दिनभन्दा बढी बिदा राज्यले दिइरहेको तर्फपनि राज्यको ध्यान जानर्ुपर्दछ । त्यसो भयो भने मात्र सांस्कृतिक समान्ता धर्मनिरपेक्षता अनुरुप हुनेछ । थुजेछे ।
 More Headlines |
|
| |
|
 Latest Articles |
 नेपाल तामाङ घेदुङ विशेष राष्ट्रिय भेला - काठमाडौं घोषणापत्र  नेपाल तामाङ घेदुङको विशेष राष्टिय भेला मिति २०६९ साल असार १ गते सम्पन्न भयो । भेलामा केन्द्रीय समितिका ५६ जना पदाधिकारी एवं सदस्यहरु र देशभरिका ४२ जिल्लाका १ महिलासहित जिल्ला अध्यक्ष र सचिवहरु तथा भातृसंगठनका प्रमुखहरुको सहभागिता थियो । भेलाले र्सवप्रथम, आदिवासी जनजाति संयुक्त सङ्र्घष्ा समिति तथा आ आफ्नो संस्थाको आहृवान्मा भएको जातीय पहिचानसहितको सङ्घीयताको आन्दोलनमा सहयोग र योगदान गर्नु हुने समस्त जनसमुदायमा हार्दिक आभार व्यक्त गर्दै ७, ८ र ९ गतेको देशव्यापी आमहड्ताललाई ऐतिहासिक आन्दोलनको रुपमा समीक्षा गरेको छ । यो भेला आन्दोलनका क्रममा नेपाल सरकारसँग भएको ९ बुँदे सहमतिको कार्यन्वयमा जोड दिन्छ र घाइते, तोडफोड, आगजनी आदिबाट भएका क्षतिको अविलम्ब क्षतिपर्ूर्ति प्रदान गर्न सरकारसँग माग गर्दछ । यो भेला जातीय पहिचानसहितको सङ्घीयताको आन्दोलनमा घाइते हुनुहुने, प्रहरीको हिरासतमा पर्नुहुने सबै साथीहरुको उच्च मुल्यांकन गर्दछ । र, नवलपरासी घट्नामा घाइते भई शिक्षण अस्पतालमा उपचार गर्दागर्दै दिवंगत हुनुभएका सहिद थारु धनबहादुर थनेतप्रति भावपर्ूण्ा श्रद्धान्जली र सम्मान व्यक्त गर्दछ । साथै, यो भेला आ आफ्नो दलभित्र आफ्नो जाति समुदायको पहिचानसहितको सङ्घीयता, समानाधिकार एवं स्वशासनका लागि दृढतापर्ूवक उभिनुहुने तथा न्यायपर्ूण्ा आन्दोलनलाई सहयोग र र्समर्थन गर्नुहुने सम्पर्ूण्ा नेता तथा कार्यकर्ता साथीहरुमा पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछ । भेलाले २०७९ साल जेठ १४ गते राति नेपाली जनताको ६ दशक लामो अनवरत सङ्र्घष्ाहरुका उपलव्धिहरुको संस्थागत र नयाँ संविधान जारी नगरी हठात् संविधानसभाको विघटन भएकोमा सो को निन्दा र भत्र्सना गर्दै गंभीर दुःख व्यक्त गरेको छ ।  तामाङ जातिको महान् सांस्कृतिक पर्व ल्होछार कुमार योन्जन तामाङ
नेपालको हिमाली पहाडी आदिवासी समुदायहरुमा तामाङ दोस्रो ठूलो समुदाय हो । नेपालको तथ्याङ्कअनुसार नेपालमा तामाङहरु ५.६ प्रतिशत सङ्ख्यामा छन् । यो नेपालका समग्र जातजातिहरुमा पा“चौं ठूलो समुदाय मानिन्छ । नेपालको मध्य तथा पर्ूर्वी पहाडी तथा हिमाली भेगमा बढी केन्द्रीत भएर फैलिएको तामाङ जातिले मान्ने माघमा पर्ने सोनाम ल्होछार पर्व समग्र हिमाली समुदायहरुको साझा पर्व हो । ल्होछार नया“ वर्षो रुपमा देखिएपनि समग्र हिमाली समुदायको यो महान् सांस्कृतिक पर्व पनि हो । हिन्दूहरुको दसैं जस्तै बौद्ध धर्म मान्ने आदिवासी जनजातिहरुको सामाजिक जीवनमा यसको ज्यादै ठूलो सांस्कृतिक धार्मिक महत्व छ । त्यसैले तामाङलगायतका समुदायहरु यसलाई ल्हो फिर्ने दिनका रुपमा मात्र होइन मूलतः आफ्नो महान् सांस्कृतिक चाडका रुपमा मान्दछन् ।
यस वर्षतामाङ जातिको परम्परागत धार्मिक-सांस्कृतिक महान् चाड डुक ल्होछार-२८४८ -गरुड नया“ वर्ष तामाङ ख्रे-ला छेपा गी -माघ शुक्ल प्रत्रि्रदा) अर्थात् वि.स. २०६८ साल माघ १० गते तदनुसार द्दण्ज्ञद्द व्बल। द्दद्ध देखि सुरु हुन गइरहेको छ । विश्वमा अहिले ६० देखि ६५ लाखको सङ्ख्यामा तामाङहरु रहेको अनुमान गरिन्छ । तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपर्ूण्ा भूमिका रहेको छ । यो "ल्हो" परम्परा, तामाङ संस्कृतिकै अभिन्न अङ्ग हो । ल्हो परम्पराकै आधारमा तामाङ समाजको जीवनमा उसको संस्कृति र संस्कार परिचालित छ । अतः यसले तामाङ जातिको उद्गम्, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई नै प्रतिविम्बित गर्दछ । |
 Notice Board |
 शाखा अधिकृतसम्बन्धी तयारी कक्षासम्बन्धी नेपाल तामाङ घेदुङको सूचना लोकसेवा आयोगबाट शाखा अधिकृत पदको निकट भविष्यमै विज्ञापन हुन गइरहेकोले सो पदको लिखित परीक्षाको लागि निम्न, स्थान र समयमा तयारी कक्षा सन्चालन हुन लागेकोले इच्छुक तामाङ समुदायका स्नातक तह उत्तर्ीण्ा गर |
|
 Sister Organization |
 Nepal Tamang Student Ghedung
 Nepal Tamang Women Ghedung
 Nepal Tamang Lama Ghedung
 Nepal Tamang Cultural Ghedung
 Nepal Tamang Youth Ghedung
 Nepal Tamang Teacher Ghedung
|
 Main Departs |
 Organization Depart
 Media & Public Relation Depart
 Education & Sports
 Language, Literature & Publication
 Profession & Business Coordination
|
|
 Useful Links |
|
|
 Guest Book |
 MABI TAMANG - From: Nepal
LASSO MULA.WE FEEL PROUDY TO BING TAMANG.SO NEVER FEEL BOTHERING. WE ALL HAVE TO MAKE OUR CULTURE FAMOUS .... |
|
|
|