
नेपाल तामाङ घेदुङ विशेष राष्ट्रिय भेला - काठमाडौं घोषणापत्र

नेपाल तामाङ घेदुङको विशेष राष्टिय भेला मिति २०६९ साल असार १ गते सम्पन्न भयो । भेलामा केन्द्रीय समितिका ५६ जना पदाधिकारी एवं सदस्यहरु र देशभरिका ४२ जिल्लाका १ महिलासहित जिल्ला अध्यक्ष र सचिवहरु तथा भातृसंगठनका प्रमुखहरुको सहभागिता थियो । भेलाले र्सवप्रथम, आदिवासी जनजाति संयुक्त सङ्र्घष्ा समिति तथा आ आफ्नो संस्थाको आहृवान्मा भएको जातीय पहिचानसहितको सङ्घीयताको आन्दोलनमा सहयोग र योगदान गर्नु हुने समस्त जनसमुदायमा हार्दिक आभार व्यक्त गर्दै ७, ८ र ९ गतेको देशव्यापी आमहड्ताललाई ऐतिहासिक आन्दोलनको रुपमा समीक्षा गरेको छ । यो भेला आन्दोलनका क्रममा नेपाल सरकारसँग भएको ९ बुँदे सहमतिको कार्यन्वयमा जोड दिन्छ र घाइते, तोडफोड, आगजनी आदिबाट भएका क्षतिको अविलम्ब क्षतिपर्ूर्ति प्रदान गर्न सरकारसँग माग गर्दछ । यो भेला जातीय पहिचानसहितको सङ्घीयताको आन्दोलनमा घाइते हुनुहुने, प्रहरीको हिरासतमा पर्नुहुने सबै साथीहरुको उच्च मुल्यांकन गर्दछ । र, नवलपरासी घट्नामा घाइते भई शिक्षण अस्पतालमा उपचार गर्दागर्दै दिवंगत हुनुभएका सहिद थारु धनबहादुर थनेतप्रति भावपर्ूण्ा श्रद्धान्जली र सम्मान व्यक्त गर्दछ । साथै, यो भेला आ आफ्नो दलभित्र आफ्नो जाति समुदायको पहिचानसहितको सङ्घीयता, समानाधिकार एवं स्वशासनका लागि दृढतापर्ूवक उभिनुहुने तथा न्यायपर्ूण्ा आन्दोलनलाई सहयोग र र्समर्थन गर्नुहुने सम्पर्ूण्ा नेता तथा कार्यकर्ता साथीहरुमा पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछ । भेलाले २०७९ साल जेठ १४ गते राति नेपाली जनताको ६ दशक लामो अनवरत सङ्र्घष्ाहरुका उपलव्धिहरुको संस्थागत र नयाँ संविधान जारी नगरी हठात् संविधानसभाको विघटन भएकोमा सो को निन्दा र भत्र्सना गर्दै गंभीर दुःख व्यक्त गरेको छ ।

तामाङ जातिको महान् सांस्कृतिक पर्व ल्होछार
कुमार योन्जन तामाङ
नेपालको हिमाली पहाडी आदिवासी समुदायहरुमा तामाङ दोस्रो ठूलो समुदाय हो । नेपालको तथ्याङ्कअनुसार नेपालमा तामाङहरु ५.६ प्रतिशत सङ्ख्यामा छन् । यो नेपालका समग्र जातजातिहरुमा पा“चौं ठूलो समुदाय मानिन्छ । नेपालको मध्य तथा पर्ूर्वी पहाडी तथा हिमाली भेगमा बढी केन्द्रीत भएर फैलिएको तामाङ जातिले मान्ने माघमा पर्ने सोनाम ल्होछार पर्व समग्र हिमाली समुदायहरुको साझा पर्व हो । ल्होछार नया“ वर्षो रुपमा देखिएपनि समग्र हिमाली समुदायको यो महान् सांस्कृतिक पर्व पनि हो । हिन्दूहरुको दसैं जस्तै बौद्ध धर्म मान्ने आदिवासी जनजातिहरुको सामाजिक जीवनमा यसको ज्यादै ठूलो सांस्कृतिक धार्मिक महत्व छ । त्यसैले तामाङलगायतका समुदायहरु यसलाई ल्हो फिर्ने दिनका रुपमा मात्र होइन मूलतः आफ्नो महान् सांस्कृतिक चाडका रुपमा मान्दछन् ।
यस वर्षतामाङ जातिको परम्परागत धार्मिक-सांस्कृतिक महान् चाड डुक ल्होछार-२८४८ -गरुड नया“ वर्ष तामाङ ख्रे-ला छेपा गी -माघ शुक्ल प्रत्रि्रदा) अर्थात् वि.स. २०६८ साल माघ १० गते तदनुसार द्दण्ज्ञद्द व्बल। द्दद्ध देखि सुरु हुन गइरहेको छ । विश्वमा अहिले ६० देखि ६५ लाखको सङ्ख्यामा तामाङहरु रहेको अनुमान गरिन्छ । तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपर्ूण्ा भूमिका रहेको छ । यो "ल्हो" परम्परा, तामाङ संस्कृतिकै अभिन्न अङ्ग हो । ल्हो परम्पराकै आधारमा तामाङ समाजको जीवनमा उसको संस्कृति र संस्कार परिचालित छ । अतः यसले तामाङ जातिको उद्गम्, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई नै प्रतिविम्बित गर्दछ ।