कतारको रोजगार, समाजसेवा र आर्थिक समृद्धिको सवाल
Posted On : Jan 15 2011 Saturday 12:03:11 AM | Views : 842
शङ्खलाल तामाङ
अध्यक्ष, नेपाल प्रवासी तामाङ समाज कतार
२०६० सालतिरको कुरा हो । म शङ्करदेव क्याम्पसमा बीबीएसमा अध्ययन गरिरहेको थिएू । नेकोन एयरसूग संवद्ध भएर म जब पनि गर्दै थिएू । यसले गर्दा मेरो सामान्य आम्दानीको स्रोत त थियो नै । तै पनि कतै राम्रो अवसरको खोजीमा पनि लागिरहेको थिएू । मुलुकमा द्वन्द्व चलिरहेको थियो । यसैले पनि आप
\mनो पेशाको भविष्य अनिश्चित लागिरहन्थ्यो । त्यस्तैमा सन्जोगले एकदिन रोजगारको लागि कतारमा राम्रो अवसर भएको एउटा विज्ञापनमा मेरो आूखा पर्यो । मैले पनि यत्तिकै गएर नाम दर्ता गरेू । सायद ममा उनीहरुले खोजेको सबै कुरा भएकोले हुनर्ुपर्छ म अन्तर्वार्ताको लागि छानिएू । त्यसपछि म झन्डै २० दिनमा कतार उडेू । अहिले म कतारमा सात वर्षेखि एउटै कम्पनीमा काम गरिरहेको छु । सुरुमा मेरो विदेशमै गएर काम गर्छर्ुुन्ने कुनै सपनाचाहिू थिएन ।
स्वाभाविक रुपमा कतारको भूमिका पाइला टेक्दा मेरो पनि मनभरि थुप्रै सपनाहरु थिए । योजनाहरु पनि थिए । तर त्यहाू पुगेर गर्नुपर्ने सङ्र्घष्ाको विषयमा मलाई खासै अनुभव थिएन । एक वर्षजति त निकै गाह्रो लाग्यो । नयाू हावापानी, नयाू परिवेश, नयाू समाज । सुख खोज्ने रहरमा कतै म यो अर्काको देशमा दुःखको सागरमा डुब्न त आइपुगिन जस्तो लाग्यो । जसोतसो एक वर्षकटेपछि चाहिू मलाई खासै दुःख गर्नुपरेन । मेरो काम गर्ने क्षमता र योग्यताले गर्दा मैले राम्रो वातावरण पाएू । यसैले गर्दा पनि म अहिलेसम्म निरन्तर एउटै कम्पनीमा काम गरिरहेको छु । अलि राम्रो कमाइको लागि मैले अन्यत्र जाने कि भन्ने सोच्नु परेको छैन ।
देश छाड्नु पर्दाको पीडा
कतार जाने तयारी गर्दैगर्दा मलाई मेरो भाउजुले भन्नुभएको थियो, "अरुको देश कसैलाई नराम्रो नजरले नहर्ेर्नू, मुस्लिम देश, खाने पिउने, बस्ने, घुम्ने हरेक कुरामा यहाूको जस्तो स्वतन्त्रता हुन्न । राम्रोसूग विचार गर्नू ।" यसैगरी मलाई धेरै आफन्तहरुले पनि सम्झाएका थिए । मेरो बारेमा चिन्ता गरेका थिए । एकपटक त लाग्यो, "मलाई यतिखेर धेरै माया गर्ने परिवार, आफन्त र शुभचिन्तकदेखि म किन टाढिूदै छु । किन म अरुको भूमिका जाूदैछु ।" जाने कार्यक्रम नै क्यान्सिल गरिदिउू कि जस्तो पनि लाग्यो । तर देश द्वन्द्वग्रस्त अवस्थामा थियो । वातावरण यहाू गतिलो थिएन । आफू पर्यटन क्षेत्रको मान्छे भएकोले त्यसको सिधा असर व्यवसायमा परिरहेको थियो । देशको अवस्था नाजुक भइरहेको देख्दादेख्दै भावनामा बगेर मैले कतार जाने सोच बदल्न चाहिन । तैपनि मनमा एकखालको पीडाको भारी बोकेर म कतार हिूडे । रोजगारका लागि आफ्नो गाउूघर रित्तो पारी विदेशिने अरु युवाहरुमा म पनि थपिएू । यसैले पनि मन भारी छूदै थियो ।
सामाजिक संस्थामा आवद्ध
म सानैदेखि समाजसेवा लागिरहेको मान्छे । स्कुलमा पढ्दा पनि रेडक्रसले गर्ने विभिन्न कार्यक्रमहरुमा म निरन्तर सहभागी भइरहन्थेू । स्वयम् सेवक बनी मैले गाउूमा पनि विभिन्न काममा सक्रिय रहेको थिएू । २०४५ सालमा आएको भूकम्पमा परेका पीडितहरुको सहयोगका लागि टोकरी बोकेर बजारमा ठूला मान्छेहरुस
"गै चन्दा उठाउन हिूडेको छु । सानेपादेखि असन भोटाहिटीको बजारमा म दिनभरि चन्दा उठाउन हिूडेको छु । सन् २००३ मा कतार पुगेपछि मैले सुरुमा त कुनै सामाजिक सस्थामा लागिन । मलाई मेरो कम्पनीमा विश्वास पनि दिलाउनु थियो । काममा आफ्नो क्षमता देखाउनु पनि थियो । त्यसपछि म विस्तारै यताउति सामाजिक सस्थाको खोजीमा लागेू । ल्भउबविबउबल।अom मार्फ् मैले कतारमा तामाङ संस्था क्रियाशील रहेको थाहा पाएू । त्यसपछि म नेपाल प्रवासी तामाङ समाज कतारको पसेको हुू । काम गर्दै जाूदा साथीहरुले मलाई विश्वास गरेर नेतृत्वको भारी बोकाउनुभएको छ । म सकेसम्म आफ्नो जिम्मेवारी र दायित्वअनुसारको भूमिका निर्वाह गर्ने प्रयत्न गर्छर्ुुै ।
प्रवासमा रहेका तामाङहरुका लागि मात्रै नभएर सिङ्गो तामाङ समाजकै लागि सकेको केही गरेर देखाउने हाम्रो उद्देश्य हो । हामी जातीय हक हितका लागि सङ्गठित रुपमा आफ्नो प्रयासलाई जारी राख्न चाहन्छौं । कतारमा रहेका सम्पर्ूण्ा तामाङहरुलाई गोलबन्द पार्दै संस्थाको उपस्थिति र भूमिकालाई अझ जीवन्त पारिराख्न हामीले विभिन्न कार्यक्रमहरु गर्दै आएका छौं । कतारमा रहेको आदिवासी जनजाति महासङ्घसूग हामी आवद्ध छौं । तामाङ कला, सस्कृति, भाषा, पहिचानको सर्ंवर्द्धन र प्रचारप्रसार गर्दै संसारमा चिनाउने हाम्रो चाहना हो । विभिन्न पेशा व्यवसायमा रहनुभएका साथीहरुलाई समय हु
"दैन । यसैले हामीले बिदाको बेला अलि बढि काम गर्र्छौं । फर्ुसदको समयलाई हामी सकेसम्म सामाजिक काममै लगाउूछौं । अहिलेसम्मको हाम्रो अनुभवको आधारमा भन्नुपर्दा विदेशमा समयको सही सदुपयोग गर्न नसकेमा संस्था चलाउन धेरै गाह्रो हुन्छ ।
हामीले अहिले संस्थामा एकदमै सक्रिय, प्रतिवद्ध साथीहरुलाई समेट्ने खालको अभियान चलाएका छौं । मिल्ने सक्ने साथीहरुलाई मात्र जिम्मेवारी दिने गरेका छौं । जागरुक, संस्थालाई भावी योजना दिने सक्ने, जिम्मेवारी पूरा गर्न सक्ने साथीहरुलाई मात्र हामीले अगाडि सारेका छौं । जिम्मेवारी लिने दायित्व पूरा नगर्ने प्रवृत्तिले सस्थाले निर्दिष्ट उद्देश्य प्राप्न गर्न सक्दैन भन्ने हाम्रो मान्यता हो । तैपनि संस्थामा व्यापक साथीहरुलाई समेटेर यसको दायरा फराकिलो पार्न चाहन्छौं । चुस्त नेतृत्व भएमा यसो गर्न नसकिने कुरा पनि छैन । हामीले चाहेर पनि कतारको विभिन्न भागमा रहेका साथीहरुलाई समेट्न सकेका छैनौं । हामी प्रयासरत छौं । साथै हामी सम्पर्ूण्ा तामाङ दाजुभाइ तथा दिदीबहिनीलाई संस्थामा आवद्ध हुन हामी आह्वान गर्न चाहन्छौं ।
संस्थामा हामीले अहिले केही नया
" अवधारणा पनि ल्याएका छौं । सस्थामा गोल्डेन, सिल्भर र ब्रोन गरी तीन खालका सदस्यताको हामीले व्यवस्था गरेका छौं । यसको लागि अलग अलग दायित्व पनि निर्धारण गरिएको छ । सस्थामा गोल्डेन सदस्यता लिनेले महिनाको २० रियाल -चार सय रुपैया"), सिल्भर सदस्यता लिनेले १५ रियाल -तीन सय रुपैया") र ब्रोन सदस्यता लिनेले महिनाको १० रियाल -दर्ुइ सय रुपैया") बुझाउनर्ुपर्छ । दायित्वअनुसार सुविधा पनि फरक निर्धारण गरिएको छ । संस्थाको कोही सदस्य मृत्यु भएमा हामीले अलग अलग सुविधा तथा राहत तोकेका छौं । हामीले अहिले गोल्डेन सदस्यलाई ७५ हजार रुपैयाू, सिल्वर सदस्यलाई ५० हजार र ब्रोन सदस्यलाई ३५ हजार तोकेका छौं । यसैगरी कोही सदस्य बिरामी परेमा २५ देखि ५० प्रतिशतसम्म उपचार खर्च दिन दिने व्यवस्था गरिएको छ । हामीले यस्तो अवधारणा ल्याएपछि अहिले धेरै साथीहरु उत्साहित देखिनुहुन्छ । यसैले गोल्डेन सदस्यता लिनेहरुको चाप बढ्दो छ । यसले संस्थालाई थप मजबुत पार्न सघाऊ पुर्याउने हाम्रो विश्वास छ । हामीले सदस्यताको लागि गरेको नयाू व्यवस्थाबाट हामीलाई कुनै पनि कार्यक्रम संस्थाको तर्फाट गर्नु परेको अवस्थामा आर्थिक रुपमा निकै सजिलो पनि भएको छ । संस्थाको आर्थिक आधार बलियो बनाउने काम भइरहेको छ ।
हामीले विभिन्न सांस्कृतिक पर्वहरुको अवसरमा कार्यक्रमहरु आयोजना गरी तामाङ साथीहरुलाई भेला गराउने, संस्थास
"ग नजिक ल्याउने गर्दै आएका छौं । हरेक वर्षो ल्होछार र बुद्धजयन्ती जस्ता पर्वहरु हाम्रो लागि राम्रो अवसर बन्ने गर्दछ । यो स"गै हरेक वर्षो मार्चमा हामी संस्थाको साधारणसभा गर्ने गर्र्छौं । यही बेला हामी संस्थाको कार्यक्रमका विषयमा छलफल गर्र्छौं । अहिले हाम्रो सदस्य सङ्ख्या तीन सयको हाराहारीमा पुगेको छ ।
नियमित रुपमा ल्होछारको कार्यक्रम गरेको लगभग पा
"च छ वर्षनै भयो । यसपाली पनि हामी भव्य रुपमा कार्यक्रमको तयारी गरिरहेका छौं । स्थानीय कलाकारहरुको सहभागितामा हामी वृहत सांस्कृतिक कार्यक्रम गर्दैछौं । ल्होछार पर्व हामी जस्ता विदेशमा बस्नेहरुका लागि भेटघाट गर्ने, आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने, नजिकिने एउटा राम्रो माध्यम बनेको छ । साूच्चै भन्ने हो भने ल्होछार परदेशमा रहेर पनि आफ्नो जाति, भाषा र संस्कृत्रि्रति प्रेम देखाउने एउटा राम्रो अवसर बनेको छ । आफ्नो जाति, संस्कृति र पहिचानप्रति प्रेम छ भन्ने कुरा पोख्ने राम्रो मौका पनि हो ल्होछार । हामीले यही ल्होछारको अवसरमा विभिन्न देशबाट कतारमा आएर बसेका नागरिकहरुलाई तामाङ जातीय पहिचान प्रस्तुत गर्न पाएका छौं । त्यसो त ल्होछारको कार्यक्रममा सहभागी हुन नपाउूदा धेरै साथीहरु दुःखित पनि हुनुहुन्छ । किन कि ड्युटीमा रहूदा समय नै निकाल्न गाह्रो हुन्छ । फेरि हाम्रो पो चाड भयो, उनीहरुको लागि त केही न केही । ल्होछारको कार्यक्रममा सहभागी हुन नपाएपनि सकेको सहयोग गर्ने साथीहरु प्रशस्तै हुनुुहुन्छ । एउटै ठाउूमा रहेर पनि नचिन्ने, नभेट्ने अवस्थामा सबैलाई एक थलोमा जम्मा पारेर चिनजान गराउने एउटा माध्यम पनि बनेको छ, ल्होछार । यो वर्षो ल्होछार पनि हामी भव्यरुपमा मनाउने तयारी गर्दैछौं । सकेसम्म सबै साथीहरु जम्मा पार्ने हाम्रो प्रयत्न हुनेछ । म यही पत्रिकाको माध्यमबाट पनि कतारमा रहनुभएका सम्पर्ूण्ा तामाङ तथा गैरतामाङहरुलाई ल्होछार पर्व मनाउन र कार्यक्रममा सहभागी हुन आह्वान गर्न चाहन्छु ।
विदेशमा ल्होछार कार्यक्रम गर्न पनि त्यति सजिलो छैन । स्थानीय प्रशासनबाट स्वीकृति लिनर्ुपर्छ । नगरपालिका र राजदूतावासलाई कार्यक्रम हुनुभन्दा ३५ दिन अघि नै लिखित रुपमा जानकारी दिनर्ुपर्छ । धार्मिक हिसाबले पनि हामीलाई गाह्रो छ । नेपालमा जस्तो हरेक कुराहरु निर्धक्कसाथ गर्न पाइूदैन । यस्ता सांस्कृतिक कार्यक्रमहरुमा हामीलाई राम्रो सहयोग राजदूतावासबाटै मिल्ने गर्छ । सामाजिक संस्थाहरुलाई दूतावासले धेरैजसो सहकार्य गरेर कार्यक्रमहरु गर्न सहज वातावरण बनाइ दिन्छ । यसले गर्दा मात्रै हामीलाई धेरै राहत मिल्छ ।
ताम्सालीङको आन्दोलनमा हाम्रो चासो
नेपालमा चलिरहेको ताम्सालीङको आन्दोलनलाई हामी एकदमै चासोका साथ हेरिरहेका हुन्छौं । यहाू ताम्सालीङ संयुक्त सङ्र्घष्ा समितिले गरेको आन्दोलनमा हामीले कतारबाटै वक्तव्य जारी गरी ऐक्यवद्धता पनि जनाएका थियौं । हाम्रो नियमित बैठकहरुमा, विभिन्न अवसरमा साथीहरुसूग हुने छलफलका क्रममा हामी नेपालको ताम्सालीङको आन्दोलन, यहाूको सङ्घ संस्थाको गतिविधि र अभियानकै विषयमा कुराकानी गर्र्छौं । तर ताम्सालीङको आन्दोलन चाहेजसरी अघि बढेको नपाउूदा हामीलाई दुःख लाग्छ । सिङ्गो तामाङ जातिको मुक्तिको लागि, ताम्सालीङ प्राप्ति आन्दोलन सफल पार्नका लागि नेपालमा रहेका सम्पर्ूण्ा सङ्घ संस्थाहरु आपसमा हातेमालो गर्दै एकीकृत रुपमा अघि बढा्ेस् भन्ने हाम्रो सदिच्छा छ ।
तैपनि पछिल्लो समयमा तामाङ समाजमा देखिएको चेतना र जागरणको लहरले भोलिको सुन्दर तामाङ समाजको झल्को भने अवश्य दिइरहेको छ । हामीले तामाङ समाजमा देखिएको चेतना, जोश र जाूगरलाई सुव्यवस्थित रुपमा आफ्नो अधिकार प्राप्तिको अभियानमा खर्च गर्नुपर्छ । हामीले चाहेको ताम्सालीङ निर्माणको लर्डाईमा हरेक क्षेत्रबाट साथ सहयोग दिनर्ुपर्छ । स्वदेशमा भएपनि, विदेशमा भए पनि सबैले चाहेको अवस्थामा भूमिका निर्वाह गर्न सकिन्छ भन्ने हाम्रो मान्यता हो । यहाू प्रशस्त स्रोत, साधन र सम्भवनाहरु हुूदा हुूदै पनि उचित व्यवस्थापनको अभावमा आज लाखौं युवाहरु बाध्यताले विदेसिनु परिरहेको छ । यो पीडादायक अवस्थाले निरन्तरता पाउनुहुन्न ।
आर्थिक सुदृढीकरण
अहिलेको दुनिया
"मा आर्थिक सबलीकरण विना समाजको प्रगति सम्भव छैन । न त समाजको रुपान्तरण नै सम्भव छ । आर्थिक पक्ष दरिलो हुन सकेमा मात्र समुन्नत समाजको आधार बलियो हुन सक्छ । हामी स्वदेश बाहिर रहेकाहरु पनि सधैू उतै बस्न गएका होइनौं । भोलि केही गर्ने त यहीू फर्केर हो । यसैले हामीले अहिले केही साथीहरुको पहलमा एउटा संस्था सन्चालनको तयारी गरेका छौं । विदेशमा निश्चित समय काम गरेर फर्केर आएका साथीहरु सङ्गठित भएर आर्थिक उपार्जनको क्षेत्रमा काम गर्ने हाम्रो उद्देश्य हो । धेरै साथीहरु नेपाल फर्केपछि एक्ला एक्लै कता कता हराउने गरेको देखिन्छ । यसैले हामीले नेपाल तामाङ रियल स्टेट एण्ड इन्भेस्टमेन्ट लि. दर्ता गरेका छौं । थोरै थोरै वचतबाट पनि व्यावसायिक रुपमा केही गरेर देखाउने,आर्थिक आम्दानी स्रोत बनाउने, लगानीको वातावरण बनाउने, अनि आर्थिक उन्नतिका लागि बाटो बनाएर समाज परिवर्तनका लागि सहयोग गर्ने हाम्रो उद्देश्य रहेको छ । अहिले कतारमा रहनुभएका र र्फकनुभएका सदस्यहरुको सङ्ख्या मात्रै ६० जना जति पुगिसकेको छ । प्रवासीहरुबाटै हामीले यो अभियानको सुरुवात् गरेका छौं । तर जो जहाू रहेपछि यो संस्थामा आवद्ध हुन सक्ने खुला प्रावधान हामीले राखेका छौं । यसैले संसारभरका सम्पर्ूण्ा तामाङ दाजुभाइ तथा दिदीबहिनीलाई यो संस्थामा आवद्ध भएर तामाङ समाजलाई आर्थिक हिसाबले समृद्ध बनाउन अभियानमा सहभागी हुन पनि हामी आग्रह गर्दछौं ।
कुराकानीमा आधारित