DETAIL NEWS
घेदुङद्वारा अधिकृतस्तरको तयारी कक्षा सुरु

Posted On : Dec 8 2011 Thursday 09:21:44 AM | Views : 288

नेपाल तामाङ घेदुङले आजदेखि लोकसेवा आयोगको अधिकृत स्तरको तयारी कक्षा सुरु गरेको छ । तयारी कक्षा अभिमुखीकरण कार्यक्रमको आज आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव फटिकबहादुर गोले उद्घाटन गर्नुभयो । नेपाल तामाङ घेदुङको सभाकक्ष पुतलीसडकमा भएको कार्यक्रममा सदस्य सचिव गोलेले राजनीतिक अधिकार उपलब्धीको दिशातर्फअघि बढिरहे पछि राज्य संयन्त्रको मुख्य प्रशासनिक क्षेत्रमा आदिवासी जनजातिहरु पुग्न नसकेको चर्चा गर्नुभयो । उहाँले प्रशासनिक क्षेत्रमा भनेको जस्तो उपस्थिति नभईकन समुदायको हितमा काम गर्न नसक्ने चर्चा गर्नुभयो । 
कार्यक्रममा शान्ति तथा पुनर्स्थापना मन्त्रालयका सहसचिव -रा.प.प्रथम श्रेणी) धनबहादुर तामाङले निजामति सेवालाई सेवा सुविधा कम रहेको आकर्षाविहीन क्षेत्र भनेर गलत प्रचार भइरहेको बताउँदै निजामति सेवामा प्रवेश भनेको राज्य सन्चालनको तहमा पुग्नु अवसर भएको बताउनुभयो । उहाँले कडा मिहेनतविना निजामति सेवामा प्रवेश गर्नु सम्भव नभएको बताउनुभयो । यसैगरी मध्यपहाडी लोकमार्ग योजनाका सिनियर डिभिजनल इन्जिनियर देवकुमार तामाङले तामाङ समुदायको निजामति सेवामा खासै उपस्थिति नभएको अवस्थामा घेदुङले प्रेरित गर्ने उद्देश्यले सन्चालन गरेको तयारी कक्षा प्रशंसनीय रहेको बताउनुभयो । उहाँले कडा मिहेनत गर्ने परिपाटी हामीले पनि बसाल्नुपर्ने धारणा राख्नुभयो । 
कार्यक्रममा घेदुङका सल्लाहकार तथा भाषाविद् अमृत योन्जन, उपसचिव लोकबहादुर तामाङ -जिल्ला शिक्षा अधिकारी, पाँचथर), स्थानीय विकास मन्त्रालयका अधिकृत आसमान तामाङले पनि निजामति सेवाको महत्व र तामाङ जातिको उपस्थितिका विषयमा आ-आफ्ना धारणा राख्नुभएको थियो । 
अभिमुखीकरण कार्यक्रम घेदुङका केन्द्रीय उपाध्यक्ष बेली लामाको सभापतित्व भएको थियो भने महासचिव कुमार ब्लोन तामाङले तयारी कक्षाको उद्देश्य र औचित्वबारे प्रस्ट्याउनुभएको थियो । कार्यक्रम सन्चालन सचिव प्रतीक ङेसुर तामाङले गर्नुभएको थियो । राष्ट्रिय योजना आयोगका उपसचवि रुद्रसिंह तामाङको संयोजनमा घेदुङले अधिकृत स्तरको तयारी कक्षा सुरु गरेको हो । तयारी कक्षामा २५ जना सहभागीहरु छन् । 

 More Headlines
Latest Articles
नेपाल तामाङ घेदुङ विशेष राष्ट्रिय भेला - काठमाडौं घोषणापत्र
नेपाल तामाङ घेदुङ विशेष राष्ट्रिय भेला - काठमाडौं घोषणापत्र नेपाल तामाङ घेदुङको विशेष राष्टिय भेला मिति २०६९ साल असार १ गते सम्पन्न भयो । भेलामा केन्द्रीय समितिका ५६ जना पदाधिकारी एवं सदस्यहरु र देशभरिका ४२ जिल्लाका १ महिलासहित जिल्ला अध्यक्ष र सचिवहरु तथा भातृसंगठनका प्रमुखहरुको सहभागिता थियो । भेलाले र्सवप्रथम, आदिवासी जनजाति संयुक्त सङ्र्घष्ा समिति तथा आ आफ्नो संस्थाको आहृवान्मा भएको जातीय पहिचानसहितको सङ्घीयताको आन्दोलनमा सहयोग र योगदान गर्नु हुने समस्त जनसमुदायमा हार्दिक आभार व्यक्त गर्दै ७, ८ र ९ गतेको देशव्यापी आमहड्ताललाई ऐतिहासिक आन्दोलनको रुपमा समीक्षा गरेको छ । यो भेला आन्दोलनका क्रममा नेपाल सरकारसँग भएको ९ बुँदे सहमतिको कार्यन्वयमा जोड दिन्छ र घाइते, तोडफोड, आगजनी आदिबाट भएका क्षतिको अविलम्ब क्षतिपर्ूर्ति प्रदान गर्न सरकारसँग माग गर्दछ । यो भेला जातीय पहिचानसहितको सङ्घीयताको आन्दोलनमा घाइते हुनुहुने, प्रहरीको हिरासतमा पर्नुहुने सबै साथीहरुको उच्च मुल्यांकन गर्दछ । र, नवलपरासी घट्नामा घाइते भई शिक्षण अस्पतालमा उपचार गर्दागर्दै दिवंगत हुनुभएका सहिद थारु धनबहादुर थनेतप्रति भावपर्ूण्ा श्रद्धान्जली र सम्मान व्यक्त गर्दछ । साथै, यो भेला आ आफ्नो दलभित्र आफ्नो जाति समुदायको पहिचानसहितको सङ्घीयता, समानाधिकार एवं स्वशासनका लागि दृढतापर्ूवक उभिनुहुने तथा न्यायपर्ूण्ा आन्दोलनलाई सहयोग र र्समर्थन गर्नुहुने सम्पर्ूण्ा नेता तथा कार्यकर्ता साथीहरुमा पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछ । भेलाले २०७९ साल जेठ १४ गते राति नेपाली जनताको ६ दशक लामो अनवरत सङ्र्घष्ाहरुका उपलव्धिहरुको संस्थागत र नयाँ संविधान जारी नगरी हठात् संविधानसभाको विघटन भएकोमा सो को निन्दा र भत्र्सना गर्दै गंभीर दुःख व्यक्त गरेको छ ।
तामाङ जातिको महान् सांस्कृतिक पर्व ल्होछार
कुमार योन्जन तामाङ नेपालको हिमाली पहाडी आदिवासी समुदायहरुमा तामाङ दोस्रो ठूलो समुदाय हो । नेपालको तथ्याङ्कअनुसार नेपालमा तामाङहरु ५.६ प्रतिशत सङ्ख्यामा छन् । यो नेपालका समग्र जातजातिहरुमा पा“चौं ठूलो समुदाय मानिन्छ । नेपालको मध्य तथा पर्ूर्वी पहाडी तथा हिमाली भेगमा बढी केन्द्रीत भएर फैलिएको तामाङ जातिले मान्ने माघमा पर्ने सोनाम ल्होछार पर्व समग्र हिमाली समुदायहरुको साझा पर्व हो । ल्होछार नया“ वर्षो रुपमा देखिएपनि समग्र हिमाली समुदायको यो महान् सांस्कृतिक पर्व पनि हो । हिन्दूहरुको दसैं जस्तै बौद्ध धर्म मान्ने आदिवासी जनजातिहरुको सामाजिक जीवनमा यसको ज्यादै ठूलो सांस्कृतिक धार्मिक महत्व छ । त्यसैले तामाङलगायतका समुदायहरु यसलाई ल्हो फिर्ने दिनका रुपमा मात्र होइन मूलतः आफ्नो महान् सांस्कृतिक चाडका रुपमा मान्दछन् । यस वर्षतामाङ जातिको परम्परागत धार्मिक-सांस्कृतिक महान् चाड डुक ल्होछार-२८४८ -गरुड नया“ वर्ष तामाङ ख्रे-ला छेपा गी -माघ शुक्ल प्रत्रि्रदा) अर्थात् वि.स. २०६८ साल माघ १० गते तदनुसार द्दण्ज्ञद्द व्बल। द्दद्ध देखि सुरु हुन गइरहेको छ । विश्वमा अहिले ६० देखि ६५ लाखको सङ्ख्यामा तामाङहरु रहेको अनुमान गरिन्छ । तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपर्ूण्ा भूमिका रहेको छ । यो "ल्हो" परम्परा, तामाङ संस्कृतिकै अभिन्न अङ्ग हो । ल्हो परम्पराकै आधारमा तामाङ समाजको जीवनमा उसको संस्कृति र संस्कार परिचालित छ । अतः यसले तामाङ जातिको उद्गम्, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई नै प्रतिविम्बित गर्दछ ।
 Notice Board
शाखा अधिकृतसम्बन्धी तयारी कक्षासम्बन्धी नेपाल तामाङ घेदुङको सूचना
लोकसेवा आयोगबाट शाखा अधिकृत पदको निकट भविष्यमै विज्ञापन हुन गइरहेकोले सो पदको लिखित परीक्षाको लागि निम्न, स्थान र समयमा तयारी कक्षा सन्चालन हुन लागेकोले इच्छुक तामाङ समुदायका स्नातक तह उत्तर्ीण्ा गर
 Sister Organization
 Main Departs
 Useful Links
Guest Book
 MABI TAMANG - From: Nepal
LASSO MULA.WE FEEL PROUDY TO BING TAMANG.SO NEVER FEEL BOTHERING. WE ALL HAVE TO MAKE OUR CULTURE FAMOUS ....