DETAIL NEWS
अखण्डित ताम्सालीङका लागि तीन मुख्य दललाई तामाङ घेदुङको ज्ञापनपत्र ।।

Posted On : Dec 22 2011 Thursday 05:30:53 AM | Views : 299

पुस ७ गते, बिहीबार । अखण्डित ताम्सालीङको सुनिश्चितताको लागि दबाब दिने उद्देश्यले नेपाल तामाङ घेदुङले आज मुख्य तीन दलको पार्टर्ीीार्यालयमा धर्ना दिएको छ । केन्द्रीय अध्यक्ष कुमार योन्जन तामाङको नेतृत्वमा गएको टोलीले धर्ना दिएको हो । धर्ना कार्यक्रममा घेदुङका उपाध्यक्ष बेली लामा, महासचिव कुमार ब्लोन, सचिव प्रतीक ङेसुर तामाङ, केन्द्रीय सदस्यहरू, भ्रातृ संस्थाको अध्यक्ष तथा पदाधिकारीहरू, राजनीतिक दल संवद्ध नेता तथा अगुवाहरूको सहभागिता रहेको थियो । धर्नापछि तीनै दललाई घेदुङले ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा विभिन्न समुदायको ऐतिहासिक थातथलो र भूमिमा र समुदायको ऐतिहासिक बाहुल्य निरन्तरताका आधारमा राज्यको पुनःसंरचना गरिनुपर्ने उल्लेख गरिएको छ । समुदायको ऐतिहासिक भूमि खण्डित गर्ने काम भएमा सङ्घीयताको कुनै अर्थ नहुने भएकोले ताम्सालीङलाई खण्डित पार्ने गरी ल्याइएको सुनकोशी र नारायणी प्रदेशको प्रस्तावलाई खारेज गर्न पनि घेदुङले विज्ञप्तिमा उल्लेख गरेको छ । २०६६ साल कात्तिक २१ विभिन्न राजनीतिक दल संवद्ध तामाङ संस्थाहरुको तर्फाट संयक्त रूपमा जारी गरिएको घोषणापत्रका विषयमा पनि घेदुङले दलहरूको ध्यानाकर्षा गराएको छ । त्यतिखेर जारी गरिएको घोषणापत्रमा "पर्ूवमा दुधकोसी र सो नदीसँग जोडिएको सिन्धुलीको पर्ूर्वी सीमादेखि पश्चिम, पश्चिममा बुढीगण्डकी र नारायणी नदीदेखि पर्ूव, दक्षिणमा चिवतवन जिल्लासहित पर्ूव-पश्चिम राजमार्गदेखि उत्तर र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतको सिमासम्मको भूभाग ताम्सालीङ हो ।"
घेदुङले यसअघि नेपाल सरकारसँग भएको विभिन्न सहमतिहरू कार्यान्वयनका विषयमा ज्ञापनपत्रमार्फ् ध्यानाकर्षा गराएको छ ।
धर्नापछि घेदुङका अध्यक्ष योन्जनले एमालेका पोलिटब्यूरो सदस्य परशुराम मेघी गुरूङ, काङ्ग्रेसका केन्द्रीय सदस्य बद्रीपाण्डे र एकीकृत नेकपा माओवादीका स्थायी समितिका सदस्य कृष्णबहादुर महरालाई ज्ञापनपत्र बुझाउनुभएको थियो । तामाङ समुदायले काठमाडौं वरिपरिका १० जिल्लाहरू काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा र चितवनलाई ताम्सालीङ प्रदेशको रूपमा प्रस्ताव गर्दै आएको छ ।
    

 More Headlines
Latest Articles
नेपाल तामाङ घेदुङ विशेष राष्ट्रिय भेला - काठमाडौं घोषणापत्र
नेपाल तामाङ घेदुङ विशेष राष्ट्रिय भेला - काठमाडौं घोषणापत्र नेपाल तामाङ घेदुङको विशेष राष्टिय भेला मिति २०६९ साल असार १ गते सम्पन्न भयो । भेलामा केन्द्रीय समितिका ५६ जना पदाधिकारी एवं सदस्यहरु र देशभरिका ४२ जिल्लाका १ महिलासहित जिल्ला अध्यक्ष र सचिवहरु तथा भातृसंगठनका प्रमुखहरुको सहभागिता थियो । भेलाले र्सवप्रथम, आदिवासी जनजाति संयुक्त सङ्र्घष्ा समिति तथा आ आफ्नो संस्थाको आहृवान्मा भएको जातीय पहिचानसहितको सङ्घीयताको आन्दोलनमा सहयोग र योगदान गर्नु हुने समस्त जनसमुदायमा हार्दिक आभार व्यक्त गर्दै ७, ८ र ९ गतेको देशव्यापी आमहड्ताललाई ऐतिहासिक आन्दोलनको रुपमा समीक्षा गरेको छ । यो भेला आन्दोलनका क्रममा नेपाल सरकारसँग भएको ९ बुँदे सहमतिको कार्यन्वयमा जोड दिन्छ र घाइते, तोडफोड, आगजनी आदिबाट भएका क्षतिको अविलम्ब क्षतिपर्ूर्ति प्रदान गर्न सरकारसँग माग गर्दछ । यो भेला जातीय पहिचानसहितको सङ्घीयताको आन्दोलनमा घाइते हुनुहुने, प्रहरीको हिरासतमा पर्नुहुने सबै साथीहरुको उच्च मुल्यांकन गर्दछ । र, नवलपरासी घट्नामा घाइते भई शिक्षण अस्पतालमा उपचार गर्दागर्दै दिवंगत हुनुभएका सहिद थारु धनबहादुर थनेतप्रति भावपर्ूण्ा श्रद्धान्जली र सम्मान व्यक्त गर्दछ । साथै, यो भेला आ आफ्नो दलभित्र आफ्नो जाति समुदायको पहिचानसहितको सङ्घीयता, समानाधिकार एवं स्वशासनका लागि दृढतापर्ूवक उभिनुहुने तथा न्यायपर्ूण्ा आन्दोलनलाई सहयोग र र्समर्थन गर्नुहुने सम्पर्ूण्ा नेता तथा कार्यकर्ता साथीहरुमा पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछ । भेलाले २०७९ साल जेठ १४ गते राति नेपाली जनताको ६ दशक लामो अनवरत सङ्र्घष्ाहरुका उपलव्धिहरुको संस्थागत र नयाँ संविधान जारी नगरी हठात् संविधानसभाको विघटन भएकोमा सो को निन्दा र भत्र्सना गर्दै गंभीर दुःख व्यक्त गरेको छ ।
तामाङ जातिको महान् सांस्कृतिक पर्व ल्होछार
कुमार योन्जन तामाङ नेपालको हिमाली पहाडी आदिवासी समुदायहरुमा तामाङ दोस्रो ठूलो समुदाय हो । नेपालको तथ्याङ्कअनुसार नेपालमा तामाङहरु ५.६ प्रतिशत सङ्ख्यामा छन् । यो नेपालका समग्र जातजातिहरुमा पा“चौं ठूलो समुदाय मानिन्छ । नेपालको मध्य तथा पर्ूर्वी पहाडी तथा हिमाली भेगमा बढी केन्द्रीत भएर फैलिएको तामाङ जातिले मान्ने माघमा पर्ने सोनाम ल्होछार पर्व समग्र हिमाली समुदायहरुको साझा पर्व हो । ल्होछार नया“ वर्षो रुपमा देखिएपनि समग्र हिमाली समुदायको यो महान् सांस्कृतिक पर्व पनि हो । हिन्दूहरुको दसैं जस्तै बौद्ध धर्म मान्ने आदिवासी जनजातिहरुको सामाजिक जीवनमा यसको ज्यादै ठूलो सांस्कृतिक धार्मिक महत्व छ । त्यसैले तामाङलगायतका समुदायहरु यसलाई ल्हो फिर्ने दिनका रुपमा मात्र होइन मूलतः आफ्नो महान् सांस्कृतिक चाडका रुपमा मान्दछन् । यस वर्षतामाङ जातिको परम्परागत धार्मिक-सांस्कृतिक महान् चाड डुक ल्होछार-२८४८ -गरुड नया“ वर्ष तामाङ ख्रे-ला छेपा गी -माघ शुक्ल प्रत्रि्रदा) अर्थात् वि.स. २०६८ साल माघ १० गते तदनुसार द्दण्ज्ञद्द व्बल। द्दद्ध देखि सुरु हुन गइरहेको छ । विश्वमा अहिले ६० देखि ६५ लाखको सङ्ख्यामा तामाङहरु रहेको अनुमान गरिन्छ । तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपर्ूण्ा भूमिका रहेको छ । यो "ल्हो" परम्परा, तामाङ संस्कृतिकै अभिन्न अङ्ग हो । ल्हो परम्पराकै आधारमा तामाङ समाजको जीवनमा उसको संस्कृति र संस्कार परिचालित छ । अतः यसले तामाङ जातिको उद्गम्, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई नै प्रतिविम्बित गर्दछ ।
 Notice Board
शाखा अधिकृतसम्बन्धी तयारी कक्षासम्बन्धी नेपाल तामाङ घेदुङको सूचना
लोकसेवा आयोगबाट शाखा अधिकृत पदको निकट भविष्यमै विज्ञापन हुन गइरहेकोले सो पदको लिखित परीक्षाको लागि निम्न, स्थान र समयमा तयारी कक्षा सन्चालन हुन लागेकोले इच्छुक तामाङ समुदायका स्नातक तह उत्तर्ीण्ा गर
 Sister Organization
 Main Departs
 Useful Links
Guest Book
 MABI TAMANG - From: Nepal
LASSO MULA.WE FEEL PROUDY TO BING TAMANG.SO NEVER FEEL BOTHERING. WE ALL HAVE TO MAKE OUR CULTURE FAMOUS ....