ताम्सालीङका लागि घेदुङद्वारा अन्तक्रिर्या कार्यक्रम
Posted On : Dec 25 2011 Sunday 03:00:57 AM | Views : 319

पुस १० गते आइतबार । तामाङ समुदायको अधिकार र मुद्दा नयाँ संविधानमा सुनिश्चित गराउनका लागि सशक्त भूमिका निर्वाह गर्न तामाङ सभासद्हरूले प्रतिवद्धता जनाएका छन् । नेपाल तामाङ घेदुङले आज राजधानीमा गरेको नयाँ संविधानमा ताम्सालीङ ः हाम्रो सरोकार र मुद्दाहरू" विषयक अन्तक्रिर्यामा सभासद् प्रेम तामाङले संविधान निर्माणको प्रक्रिया अब अन्तिम चरणमा आएकोले एकीकृत रूपमा तामाङ समुदायले दबाब दिनुपर्ने बताउनुभयो । १४ प्रदेशको नक्साङ्कनका विषयमा पछि फेरि छलफल गरी टुङ्गो सकिने सहमतिका साथ हस्ताक्षर गर्ने काम भएको जानकारी दिनुभयो ।
यसैगरी सभासद् खुसीराम पाख्रीनले आत्मनिर्ण्र्ााो अधिकार, जातीय स्वायत्तता, अग्राधिकार जस्ता विषयहरू एकीकृत माओवादीले नै ल्याएकोले आफूहरू यी मुद्दाहरूबाट विचलित नभएको बताउनुभयो । उहाँले तामाङ जनताले चाहेको ताम्सालीङसहितको सङ्घीयता ल्याउन सभासद्को हैसियतले सकेको भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो ।
अन्तक्रिर्या कार्यक्रममा आदिवासी जनजाति सभासद् सन्जाल ककसका अध्यक्ष पृथ्वीसुब्बा गुरुङले अहिलेको अवस्था जनजातिहरुका लागि सङ्कटकालमै रुपमा रहेको बताउँदै ठूला दलका नेताहरु आदिवासी जनजातिहरुको अधिकार कटौती गर्न व्यापक रुपमा लागेकोले खबरदारी गर्नुपर्ने बताउनुभयो । उहाँले अधिकार दिनु कन्ज्युस्याइँ गर्दै प्रस्तावित १४ सङ्घीय प्रदेशको सङ्ख्या घटाउने अभ्यास भइरहेको बताउनुभयो । सामर्थ्यको कुरा उठाएर आदिवासी जनजातिको प्रस्तावलाई बेवास्ता गर्ने र उनीहरूको चाहनाअनुसार सङ्घीयता नदिने खालको खेल भइरहेको पनि गुरुङले आरोप लगाउनुभयो । तामाङ घेदुङले समय समयमा तामाङ सभासद्हरूलाई एक ठाउँमा राखेर मुद्दाका विषयमा बहस गर्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।
नेकपा एकीकृतका महासचिव सीताराम तामाङले तामाङ सभासद्हरूको भर परेर बसेमा ताम्सालीङ आउन नसक्ने ठोकुवा गर्नुभयो । आ-आफ्नो स्वार्थमा लागेका सभासद्हरूबाट धेरै आश गर्न नसकिने भएकोले अब आम तामाङ समुदायले सडक तताउनुपर्ने बताउनुभयो । तामाङ जनतालाई महासङ्कट आइसकेकोले अब लरोतरो तालले नहुने तामाङले बताउनुभयो । ताम्सालीङ संयुक्त सङ्र्घष्ा समितिलाई अब ब्युँझाएर आन्दोलनको तयारी गर्न लाउनुपर्ने धारणा पनि उहाँले राख्नुभयो ।
नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखी थारूले जातीय राज्यको माग गरेको भन्ने भ्रममा गैर आदिवासी मात्र नभएर आदिवासीहरू आफै पनि रहेको बताउनुभयो । उहाँले एकोहोरो जातीय राज्यको माग गरेको भनेर भनिरहँदा पाउने सम्भावना रहेको धेरै अधिकार समेत कटौती हुन सक्ने तर्फसचेत गराउनुभयो ।
एकीकृत नेकपा माओवादी केन्द्रीय सदस्य हितबहादुर तामाङले संविधानसभामा रहेका तामाङ सभासद्को भूमिका सशक्त नभएकोले पनि ताम्सालीङ खण्डीकरणको सम्भावना बढेर गएको बताउनुभयो ।
अन्तक्रिर्या कार्यक्रममा मानवशास्त्री डा. मुक्तसिंह तामाङले तामाङ जातिको इतिहास र राजनीतिक अधिकारका विषयमा अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य जीतवीर लामा, नेपाल लोकतान्त्रिक तामाङ सङ्घका उपाध्यक्ष सुवास लामा, सङ्गीतकार प्रदीप बमजन, घेदुङका प्रमुख सल्लाहकार धनप्रसाद तामाङलगायतका वक्ताहरूले अबको अभियान ताम्सालीङ प्राप्तिका लागि सोझिनुपर्ने बताउनुभएको थियो । कार्यक्रम घेदुङका अध्यक्ष कुमार योन्जनको अध्यक्षतामा भएको थियो । उद्घोषण महासचिव कुमार ब्लोन तामाङले गर्नुभएकेा थियो ।