DETAIL NEWS
राष्ट्रिय कार्यकारिणी समितिको तेस्रो बैठक काडमाडौंमा सम्पन्न ।। सांस्कृतिक भवन बनाउने घेदुङको अभियान तीब्र, चोहो प्रणालीका आधारमा संस्थाको स्वरुप बनाउने, ताम्सालीङका अभियानका रूपमा ल्होछार मनाउने ।।

Posted On : Dec 31 2011 Saturday 09:28:13 AM | Views : 312

पुस १६ गते शनिबार । नेपाल तामाङ घेदुङको राष्ट्रिय कार्यकारिणी समितिको तेस्रो बैठक आज सम्पन्न भ्एको छ । बैठकमा महासचिव कुमार ब्लोन तामाङले घेदुङको गत ६ महिनाको विभिन्न गतिविधिबारे प्रतिवेदन प्रस्तुत गर्नुभयो । महासचिवको प्रतिवेदनमा तामाङ सांस्कृतिक भवन बनाउनका लागि काठमाण्डुमा २ रोपनी १३ आना जग्गा लिने प्रक्रिया अन्तिम चरण पुगेको, भवन निर्माणका लागि अवधारणापत्र तथा भवनको सामान्य फाउन्डेशन नक्सा तयार भएको, भवन निर्माण सहयोग कोषको खाता खोल्ने काम -माछापुच्छ्रे बैंकमा) भएको, घेदुङको मध्यमान्चल, पर्ूवान्चल र पश्चिमान्चल क्षेत्रीय भेला सम्पन्न भएको उल्लेख गरिएको छ । लोकसेवा, अधिकृततहको तयारी कक्षा नेपाल सरकार, राष्ट्रिय योजना आयोगका उपसचिव रुद्रसिंह तामाङको संयोजनमा मङ्सिर २२ गतेदेखि सन्चालन भइरहेको, स्वाँगेभाइसम्बन्धी कार्यदलले प्रतिवेदन तयारी भइसकेको, अखण्डित ताम्सालीङको लागि जनदबाब सृजना गर्ने क्रममा मोटरसाइकल र्‍यालीसहित नेकपा एमाले, नेपाली काङ्ग्रेस र एकीकृत नेकपा माओवादी केन्द्रीय कार्यालयमा धर्नासहित ज्ञापनपत्र बुझाइएको, काठमाडौंमा "नयाँ संविधानमा ताम्सालीङः हाम्रो सरोकार र मुद्दाहरू" विषयक वृहत अन्तक्रिर्या कार्यक्रम गरी तामाङ सभासद्हरूका तर्फाट प्रतिवद्धतापत्र पनि जारी गरिएको छ ।
यसैगरी केन्द्रीय कार्यकारिणी समितिको बैठकले विभिन्न निर्ण्र्ाारू पनि गरेको छ । बैठकले घेदुङको सङ्गठन प्रणालीलाई मौलिक परम्पराक चोहो प्रणालीका आधारमा निर्माण गर्ने, तामाङ संस्कृति पर््रवर्द्धन कोष खडा गर्ने, घेदुङको बाँकी रहेका जिल्ला अधिवेशनहरू आगामी तीन महिनाभित्र सक्याउने, ताम्सालीङको आन्दोलनलाई घनिभूत रूपमा सन्चालन गर्ने क्रममा जिल्लाहरूले अविलम्ब आफ्नो जिल्लाको सदरमुकामहरूमा भित्तेलेखन, तथा कम्तिमा ४ वटा ब्यानरहरू टाँग्ने, अखण्डित ताम्सालीङको विपक्षमा राज्य पुनःसंरचनाको कुरा अघि बढे आमहड्ताल, सङ्गठनको भेला, बैठकलाई व्यापक बनाउने निर्ण्र्ाागरेको छ । यसैगरी आगामी २८४८ औं डुक ल्होछार व्यापक रूपमा मनाउने, जिल्ला समितिहरूले आफैले ल्होछार कार्यक्रम आयोजना गर्नुपर्ने, वडा वडामा पुर्‍याउन अभ्रि्रेरित गर्ने, यस वर्षल्होछारलाई  अखण्डित ताम्सालीङको अभियानका रूपमा मनाउने निर्ण्र्ााभएको छ ।

 More Headlines
Latest Articles
नेपाल तामाङ घेदुङ विशेष राष्ट्रिय भेला - काठमाडौं घोषणापत्र
नेपाल तामाङ घेदुङ विशेष राष्ट्रिय भेला - काठमाडौं घोषणापत्र नेपाल तामाङ घेदुङको विशेष राष्टिय भेला मिति २०६९ साल असार १ गते सम्पन्न भयो । भेलामा केन्द्रीय समितिका ५६ जना पदाधिकारी एवं सदस्यहरु र देशभरिका ४२ जिल्लाका १ महिलासहित जिल्ला अध्यक्ष र सचिवहरु तथा भातृसंगठनका प्रमुखहरुको सहभागिता थियो । भेलाले र्सवप्रथम, आदिवासी जनजाति संयुक्त सङ्र्घष्ा समिति तथा आ आफ्नो संस्थाको आहृवान्मा भएको जातीय पहिचानसहितको सङ्घीयताको आन्दोलनमा सहयोग र योगदान गर्नु हुने समस्त जनसमुदायमा हार्दिक आभार व्यक्त गर्दै ७, ८ र ९ गतेको देशव्यापी आमहड्ताललाई ऐतिहासिक आन्दोलनको रुपमा समीक्षा गरेको छ । यो भेला आन्दोलनका क्रममा नेपाल सरकारसँग भएको ९ बुँदे सहमतिको कार्यन्वयमा जोड दिन्छ र घाइते, तोडफोड, आगजनी आदिबाट भएका क्षतिको अविलम्ब क्षतिपर्ूर्ति प्रदान गर्न सरकारसँग माग गर्दछ । यो भेला जातीय पहिचानसहितको सङ्घीयताको आन्दोलनमा घाइते हुनुहुने, प्रहरीको हिरासतमा पर्नुहुने सबै साथीहरुको उच्च मुल्यांकन गर्दछ । र, नवलपरासी घट्नामा घाइते भई शिक्षण अस्पतालमा उपचार गर्दागर्दै दिवंगत हुनुभएका सहिद थारु धनबहादुर थनेतप्रति भावपर्ूण्ा श्रद्धान्जली र सम्मान व्यक्त गर्दछ । साथै, यो भेला आ आफ्नो दलभित्र आफ्नो जाति समुदायको पहिचानसहितको सङ्घीयता, समानाधिकार एवं स्वशासनका लागि दृढतापर्ूवक उभिनुहुने तथा न्यायपर्ूण्ा आन्दोलनलाई सहयोग र र्समर्थन गर्नुहुने सम्पर्ूण्ा नेता तथा कार्यकर्ता साथीहरुमा पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछ । भेलाले २०७९ साल जेठ १४ गते राति नेपाली जनताको ६ दशक लामो अनवरत सङ्र्घष्ाहरुका उपलव्धिहरुको संस्थागत र नयाँ संविधान जारी नगरी हठात् संविधानसभाको विघटन भएकोमा सो को निन्दा र भत्र्सना गर्दै गंभीर दुःख व्यक्त गरेको छ ।
तामाङ जातिको महान् सांस्कृतिक पर्व ल्होछार
कुमार योन्जन तामाङ नेपालको हिमाली पहाडी आदिवासी समुदायहरुमा तामाङ दोस्रो ठूलो समुदाय हो । नेपालको तथ्याङ्कअनुसार नेपालमा तामाङहरु ५.६ प्रतिशत सङ्ख्यामा छन् । यो नेपालका समग्र जातजातिहरुमा पा“चौं ठूलो समुदाय मानिन्छ । नेपालको मध्य तथा पर्ूर्वी पहाडी तथा हिमाली भेगमा बढी केन्द्रीत भएर फैलिएको तामाङ जातिले मान्ने माघमा पर्ने सोनाम ल्होछार पर्व समग्र हिमाली समुदायहरुको साझा पर्व हो । ल्होछार नया“ वर्षो रुपमा देखिएपनि समग्र हिमाली समुदायको यो महान् सांस्कृतिक पर्व पनि हो । हिन्दूहरुको दसैं जस्तै बौद्ध धर्म मान्ने आदिवासी जनजातिहरुको सामाजिक जीवनमा यसको ज्यादै ठूलो सांस्कृतिक धार्मिक महत्व छ । त्यसैले तामाङलगायतका समुदायहरु यसलाई ल्हो फिर्ने दिनका रुपमा मात्र होइन मूलतः आफ्नो महान् सांस्कृतिक चाडका रुपमा मान्दछन् । यस वर्षतामाङ जातिको परम्परागत धार्मिक-सांस्कृतिक महान् चाड डुक ल्होछार-२८४८ -गरुड नया“ वर्ष तामाङ ख्रे-ला छेपा गी -माघ शुक्ल प्रत्रि्रदा) अर्थात् वि.स. २०६८ साल माघ १० गते तदनुसार द्दण्ज्ञद्द व्बल। द्दद्ध देखि सुरु हुन गइरहेको छ । विश्वमा अहिले ६० देखि ६५ लाखको सङ्ख्यामा तामाङहरु रहेको अनुमान गरिन्छ । तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपर्ूण्ा भूमिका रहेको छ । यो "ल्हो" परम्परा, तामाङ संस्कृतिकै अभिन्न अङ्ग हो । ल्हो परम्पराकै आधारमा तामाङ समाजको जीवनमा उसको संस्कृति र संस्कार परिचालित छ । अतः यसले तामाङ जातिको उद्गम्, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई नै प्रतिविम्बित गर्दछ ।
 Notice Board
शाखा अधिकृतसम्बन्धी तयारी कक्षासम्बन्धी नेपाल तामाङ घेदुङको सूचना
लोकसेवा आयोगबाट शाखा अधिकृत पदको निकट भविष्यमै विज्ञापन हुन गइरहेकोले सो पदको लिखित परीक्षाको लागि निम्न, स्थान र समयमा तयारी कक्षा सन्चालन हुन लागेकोले इच्छुक तामाङ समुदायका स्नातक तह उत्तर्ीण्ा गर
 Sister Organization
 Main Departs
 Useful Links
Guest Book
 MABI TAMANG - From: Nepal
LASSO MULA.WE FEEL PROUDY TO BING TAMANG.SO NEVER FEEL BOTHERING. WE ALL HAVE TO MAKE OUR CULTURE FAMOUS ....