भिक्षुणीमाथि सामुहिक बलात्कार गर्नेलाई १२/१२ वर्षकैद ।।
Posted On : Jan 9 2012 Monday 08:05:28 PM | Views : 412
बुद्ध धर्मालम्बी भिक्षुणीलाई सामुहिक यौनदर्ुर्व्यवहार गर्ने ५ जनालाई जिल्ला अदालत संखुवासभाले १२/१२ वर्षकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश शाल्रि्राम कोइरालाको बन्द इजलासले उनीहरुलाई दोषी ठहर गर्दै आज सजाए सुनाएको हो । सामुहिक यौनदर्ुर्व्यवहार गर्नेमध्ये राजकुमार लिम्बु, भुवन कोरङगी, सोभित मगर र अभिशेेख मगरलाई १२/१२ वर्षो सजायँ भएको छ भने जबर्जस्ती उद्योग गरेको आरोपमा उनीहरुका साथी द्रोणबहादर र्राईलाई ६ वर्षो कैदको फैसला सुनाइएको छ । मुलुकी ऐनको जवर्जस्ती करणीको महलअनुसार ४ जनालाई ३-५) बमोजिम ७ वर्षर सामुहिक रुपमा यौनदर्ुर्व्यवहार गरेकाले मुलुकी ऐनको २-क) बमोजिम थप ५ वर्षगरि १२ बर्षो सजायँ सुनाइएको श्रेस्तेदार प्रकाश घिमिरेले बताउनुभयो । द्रोणबहादुर र्राईलाई भने जबर्जस्तीको उद्योगमात्रै गरेकाले थपसहित ६ वर्षो सजायँ सुनाइएको छ । घटनामा डकैती गरेर भिक्षुणीको १ लाख ३० हजार रुपैयाँ डाँका गरेको रकमसमेत अदालतले दामासाहीले भराउने फैसला गरेको छ । अभियुक्त राजकुमार, भुवन, सोभित र अभिषेेखलाई जनही ५० हजारका दरले क्षतिपर्ुर्ति तिराउने फैसला गरिएको उहाले बताउनुभयो । सनसरीको धरानवाट संखुवासभाको सदरमुकाम खाँदबारी आउने क्रममा गत असार १० गते राती यात्रुबाहक बसका चालक, सहचालक र सहयोगीसहित ५ जनाले भोजपुर खाटम्माका ती युवतीलाई संखुवासभाको खराङ गाविसमा पर्ने सभाखोला किनारमा बसभित्रै सामुहिक यौनदर्ुर्व्यवहार गरेका थिए ।