टु“डिखेलमा भव्य डुक ल्होछार महोत्सव
Posted On : Feb 1 2012 Wednesday 05:43:50 AM | Views : 397

२८४८ औं डुक ल्होछार तामाङ एकताको पर्वको रूपमा मनाऔं, पर्ूण्ाअधिकारसहितको अखण्डित ताम्सालीङको स्थापना गरौं" भन्ने नारासहित डुक ल्होछार तीन दिने महोत्सवको आयोजना गर्दै भव्य रूपमा मनाइएको छ । विभिन्न १ सय १७ तामाङ संस्थाहरू सम्मिलित डुक ल्होछार २८४८ वृहत मूल संयोजन समितिले काठमाडौंको टु“डिखेलमा माघ ९, १० र ११ गते ल्होछार महोत्सव महोत्सवको आयोजना गरेको हो । ल्होछार महोत्सवलाई व्यवस्थित रूपमा आयोजना गर्नका लागि नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष कुमार योन्जनको संयोजकत्वमा मूल संयोजन समिति गठन गरिएको थियो ।
माघ १० गते काठमाडौंको खुलामन्चबाट सुरुभएको वृहत सांस्कृतिक र्यालीले सहरको विभिन्न भाग परिक्रमा गरेको थियो । टु“डिखेलमा भएको सांस्कृतिक महोत्सवको प्रधानमन्त्री डा. बाबुराम भट्टर्राईले उद्घाटन गर्नुभएको थियो । ल्होछार महोत्सवलाई संबोधन गर्दै प्रधानमन्त्री भट्टर्राईले तामाङ समुदायले उठाउ“दै आएको आत्मनिर्ण्र्ााो अधिकारसहितको अखण्डित ताम्सालीङ राज्यको मागप्रति आफ्नौ पर्ूण्ारूपमा र्समर्थन रहेको बताउनुभयो ।
आफ्नो अधिकार स्थापनाका लागि तामाङ जातिले प्रस्तुत गरेको ताम्सालीङको मुद्दालाई न्याय दिन आफूले सकेको भूमिका निर्वाह गर्ने वचन पनि प्रधानमन्त्रीले दिनुभयो । उत्पीडित जाति, वर्ग र क्षेत्रको मागलाई न्यायिक संबोधन गर्न नसकेसम्म नया“ नेपाल निर्माण हुन सम्भव नरहेको पनि प्रधानमन्त्रीले आफ्नो संबोधनका क्रममा बताउनुभयो ।
कार्यक्रमका अतिथि नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले एक जातिले अर्कोलाई गाली गलौज गरेर मात्र अधिकार प्राप्ति हुन नसक्ने बताउ“दै जायज माग र मुद्दालाई स्थापित गर्न सक्नुपर्ने बताउनुभयो । कोइरालाले आफ्नो पार्टर्ीीहिले पनि उत्पीडित जाति र समुदायको पक्षमा उभि“दै आएको पनि बताउनुभयो ।
उद्घाटन समारोहमा तामाङ राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष तथा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य कमानसिंह लामा, नेपाल लोकतान्त्रिक तामाङ सङ्घका अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य वीरबहादुर लामा, नेपाल आदिवासी जनजाति महासङ्घका महासचिव आङकाजी शर्ेपा, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव पीबी गोले, नेपाल आदिवासी जनजाति महिला महासङ्घका महासचिव सुनी लामालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
उद्घाटन समारोहको अन्त्यमा संयोजक कुमार योन्जनले सांस्कृतिक पर्व मनाउने क्रममा जम्मा भएको भव्य तामाङ समुदायको उपस्थितिले अखण्डित ताम्सालीङ निर्माणको अभियानलाई बल पुगेको विश्वास व्यक्त गर्नुभयो । उहा“ले कार्यक्रमलाई भव्यरूपमा सफल पार्न आ-आफ्ना ठाउ“बाट योगदान पुर्याउने सबैलाई आयोजकको तर्फाट हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो ।
ल्होछार कार्यक्रममा विशेष आकर्षाका रूपमा हेलिकप्टरबाट पुष्पवृष्टि गरी डुक ल्होछारको स्वागत गरिएको थियो । अफिसियल मिडिया सगरमाथा टेलिभिजनले उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण गरेको थियो ।
समारोहमा प्रमुख अतिथि प्रधानमन्त्री भट्टर्राईले अजितमान तामाङ, राजेन्द्र थोकरले लेख्नुभएको तामयिक लिपिको पुस्तक र राजकुमार मोक्तानको शान्तिको अपहरण नामक पुस्तकको लोकार्पण गर्नुभएको थियो । यसैगरी कार्यक्रममा गायक तथा सङ्गीतकार प्रदीप बमजनको राष्ट्रका लागि सङ्गीत नामक भीसीडीको पनि विमोचन गरिएको थियो । टु“डिखेलमा खचाखच भरिएको विशाल तामाङ समुदायको उपस्थितिले ल्होछार कार्यक्रम भव्य रूपमा सफल भएको महसुस गरिएको छ ।
कार्यक्रममा तामाङ राष्ट्रिय महासङ्घका उपाध्यक्ष रामभक्त बमजनले स्वागत मन्तव्य राख्नुभएको थियो भने घेदुङका केन्द्रीय महासचिव कुमार ब्लोन र रेडियोकर्मी शिक्षा शान्ति वाईबाले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।
महोत्सव अर्न्तर्गत माघ ९ गते तामाङ सन्चारकर्मी र कलाकारबीच मैत्रीपर्ूण्ा फुटबल प्रतियोगिता भएको थियो । तामाङ सन्चार समूहको संयोजनमा भएको मैत्रीपर्ूण्ा खेल दुवै टोलीबाट दर्ुइ दर्ुइ गोल भई बराबरीमा टुङ्गिएको थियो । मैत्रीपर्ूण्ा खेलको घेदुङका अध्यक्ष तथा ल्होछार समारोह मूल संयोजन समितिका संयोजक कुमार योन्जनले रेप|mीलाई फुटबल हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको थियो । यसअघि ल्होछार महोत्सवको प्रचार गर्ने उद्देश्यले काठमाडौं सहरका विभिन्न भागमा मोटरसाइकल र्यालीको आयोजना गरिएको थियो ।
माघ ९ गते नै सा“झ लामाहरूबाट ह्योअी ल्होछारको बिदाई र डुक ल्होछारको स्वागतार्थ मोलम तथा पूजा पाठ गरिएको थियो ।
माघ ११ गते सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । नया“ तथा पुराना तामाङ कलाकारहरूको विशेष प्रस्तुति रहेको कार्यक्रमको संयोजन नेपाल तामाङ संस्कृति घेदुङले गरेको थियो । विशेष सांस्कृति कार्यक्रम सा“झसम्म चलेको थियो । कार्यक्रमको अन्त्यमा घेदुङका पर्ूव अध्यक्ष तथा सल्लाहकार महेन्द्रजङ्ग तामाङले आफ्नो छोटो मन्तव्यसहित ल्होछार महोत्सवको विर्सजन गर्नुभएको थियो ।
महोत्सवका अवसरमा ८० वटाभन्दा बढी स्टल राखिएको थियो । स्टलहरुमा तामाङ पहिचान दिने विभिन्न खानाका परिकार र तामाङ भेषभूषा पर््रदर्शन गरिएको थियो ।