DETAIL NEWS
गोर्खा हाम्रो गौरव होइन, त्यसैले दोर्जेलीङ वा दार्जीलिङ राज्य हुनर्ुपर्छ।

Posted On : Jun 15 2010 Tuesday 03:20:00 AM | Views : 755


अजितमान तामाङ
अखिल भारतीय गोरखा लिगका प्रमुख श्री मदन तामाङको गत मइ २१ का दिन दार्जिलीङको लादेन ला रोड प्लार्न्र्टस क्लबनेर विहानको ९.३० बजे खुल्लम खुल्ला निर्मम हत्या गरिएको प्रति हामी खेद तथा भर्त्र्सना गर्दछौं। हामी भारतीय सरकार समक्ष हत्याराहरूलाई कडा भन्दा कडा कानुनी कार्वाही गर्न पनि माग गर्दछौं। साथै शोक सन्तप्त परिवार जन तथा अखिल भारतीय गोरखा लिगका समस्त शुभ चिन्तक गणमा समवेदना व्यक्त गर्दै स्वर्गीय मदन तामाङ प्रति भावपर्ूण्ा श्रद्धाञ्जली चढाउँद्छौं।
       साथै विश्वकै लोकतान्त्रिक मुलुक भारतका पश्चिम बंगाल राज्यको दार्जिलिङ जिल्ला जहाँ नेपाली मुलका भारतीयको मात्र बसोबास रहेकोछ। सो दार्जिलिङ आसपासका क्षेत्रहरूलाई समेटेर नेपाली मुलका भारतीयहरूको बहुलता रहेको क्षेत्रलाई समग्र नेपाली मूलका विभिन्न भाषा भाषिहरूको राजनीतिक, सामाजिक, आर्थिक, भाषिक अधिकार प्राप्ति र मुक्तिका निमित्त गणतान्त्रिक भारतको अलग राज्य बनाइनु पर्छ भनेर आन्दोलनको नेतृत्व गर्दै आउनु भएका अगुवा लोकप्रिय नेता मदन तामाङको कायरता पर्ूण्ा हत्याको खबरले मुक्ति कामी हामी नेपालका तामाङ समुदाय मर्महात र स्तब्ध भएका छौं। यसरी राज नेताको हत्याले कथित मुक्ति सम्भव हुने छैन।
      भारतको दार्जिलिङ वरिपरिका क्षेत्रहरू जहाँ नेपालीहरू भारत स्वतन्त्र हुनु पर्ूव तत्कालीन स्वतन्त्र सिक्किमका शासकहरूको अधीनमा रहनु पहिले देखि बसोबास गर्दै आइ रहेको हो। जसको आ­आप\mनै मौलिक भाषा, वेषभूषा, धर्म र सांस्कृतिक पहिचानहरू छ। यो दार्जिलिङ वरपरका भूभाग छुट्टो पहिचान युक्त नेपाली मूलका भारतीय जनजाति समुदायहरूको सघन बसोबास रहेको भूगोल हो। यो भूगोलमा नेपाली मूलका भारतीय नेपालीहरूको राजनीतिक, सांस्कृतिक, भाषिक लगायत सम्पर्ूण्ा मानवअधिकारको पक्षमा वकालत गर्दै भारतीय नेपालीहरूको पहिचान युक्त मौलिक राष्ट्रियता भएको राज्य बनाउनु पर्छ भन्ने राजनीतिक मागलाई उठाएर विगत लामो समय देखी विभिन्न आन्दोलनहरूको नेतृत्व गर्दै आउनु भएका 'अखिल भारतीय गोर्खा लीग' राजनीतिक पार्टर्ीी अध्यक्ष मदन तामाङको निर्मम हत्या गरिएको छ यो हत्याको जति भर्त्र्सना गरे पनि पुग्दैन।
      भारतमा रहेका भारतीय नेपालीहरू यदि आफूलाई नेपाली वंशको भएको मा गर्व गर्नु हुन्छ भने पहिले नेपालको वस्तुगत यथार्थलाई बुझनु जरुरी छ त्यो हो, नेपालमा २४० वर्षसम्म एउटा खस जातिको खसभाषा र हिन्दू वर्ण्र्ााम व्यवस्थामा आधारित एकात्मक केन्द्रीकृत शाह वंशीय हिन्दू अधिराज्यले चलाएको शासन सत्ताले यहाँका भूमि पुत्र आदिवासी समुदायको भाषा, संस्कृतिलाई दमन गरेर पृथ्वी नारायण शाहको गोर्खा सामन्ती राज्यको खसभाषा -गोर्खाली राज्यको भाषा) लाई दबाएर एकलौटी ढंगले खसभाषालाई तथाकथित नेपाली नामकरण गरेर नेपालका आदिवासी जनजातिहरू माथि खस जातिको खसभाषा -गोर्खा राज्यको भाषा), हिन्दू धर्म र दौरा सुरुवालको संस्कृति लादेर रजाइँ गरेका हो। यो कुरा भारतमा बसोबास गर्नु हुने भारतीय गुरुङ, तामाङ, राइ, लिम्बू, सुनुवार, नैवार, मगर, लेप्चा, भुटिया, र्सर्ेपा, योल्माली, कागते, जिरेल, भुजेल आदि सबैले जान्नु र बुझ्नु जरुरी छ।
      तर्सथ हाम्रो सुरुाव छ दार्जिलिङलाई गोर्खा भूमि नभन्नू होस्। किन भने, त्यही गोर्खा राज्यका गोर्खाली शासकहरूले हामी नेपालका भूमि पुत्रहरू तामाङ, गुरुङ, र्राई, लिम्बू, सुनुवार, नेवार, मगर, थारू लगायत आदिवासीहरू जो वास्तवमै नेपालको भूमिको भूमि पुत्र हो, सक्कली नेपाली हो, आज नेपालमा उनीहरूको भाषा नेपाली हुन सकेको छैन। भारतका राजपूत खानहरू तथा गढवालीहरूको खसभाषा कसरी नेपाल को नेपाली भाषा हुन सक्छ- हाम्रो नेपाली पना र नेपाली पहिचानलाई २४० वर्षदेखी गोर्खाली सामन्ती तानाशाहीले दमन उत्पीडनमा राखेर उनीहरूको खसभाषा, वेषभूषालाई मात्रै नेपाली भनेर लादेकाले हामीलाई खसभाषा नै नेपाली जस्तो लागेको हो। गोर्खाली शासकहरूले सँधै नेपालका सबै भूमि पुत्र आदिवासी नेपाली जातिहरूको छुट्टा­छुट्टै भाषा, वेषभूषा आदि मौलिक पहिचानलाई अनेपाली गैर­नेपाली संज्ञा दिँदै थिचोमिचो गरेर आए नेपालमा। अब नेपालको तथाकथित गोर्खा राज्यको एकीकरण जसले वीर नेपालीहरूको भाषा संस्कृतिलाई मार्ने काम गरे त्यो गोर्खा भाषा संस्कृतिलाई आधार मानेर बनेको गोर्खा राज्य र गोर्खा पदावली विश्वमा छरेर रहेका नेपालको हामी भूमि पुत्रहरू जो साँच्चै र यथार्थमा वीर छौं। हाम्रा लागि यो गोरखा कसरी गौरवको हुन सक्छ। त्यस कारण म अनुरोध गर्छु गोर्खा प्रेमीहरूलाई आज देखि नै हामी गोर्खा जाति भन्न छाडौं। बरु नेपाली नै भनौं न।
      त्यसैले हामी दार्जिलिङ वरिपरिको नेपाली मूलका भारतीयहरूको सघन बसोबास रहेको सबै भूमिहरू समेटेर 'गोर्खा ल्याण्ड' होइन  दार्जिलिङ वा दोर्जेलीङ राज्य बनाएमा साँच्चिकै नेपाली हूनमा गौरव गर्ने हरू प्रति न्याय हुनुको साथै सयौं वर्षदेखिको उत्पीडन दमन भोगेकाहरू नेपाली भूमि पुत्रहरूले हिन्दू सामन्ती शासकहरूबाट मुक्ति प्राप्ति भएको अनुभूति मिल्ने छ।
      नेपाल बाहिर रहनु हुने सबै नेपाली दाजुभाइ दिदी बहिनी जनमा यो जानकारी गराउन चाहन्छु कि, नेपालका भूमि पुत्र आदिवासीहरूको भाषा, वेषभूषा, धर्म संस्कृति नै विश्वभरि छरेर रहनु भएका सबै नेपालीहरूको साँच्चिकैको नेपाली गौरवशाली पहिचान हो। ढाका टोपी, दौरा सुरुवाल र चौबन्दी चोली र साडी नेपालको शासक जातिले लादेको खस जातीय पहिचान हो। यो नै समग्र नेपाल र सबै नेपाली जनताको मौलिक पहिचान होइन।
       त्यस कारण हामी नेपालको तथाकथित एकीकरण गर्ने र सामन्ती औपनिवेशिक शासक पृथ्वीनारायण शाहले अर्ज्याको गोर्खा राज्यका गोर्खा पल्टन तथा त्यसैबाट फैलिएको भारतीय गोर्खा सेना जो बेलायती साम्राज्यवादका सेवक दासबाट बनेका गोर्खाली सेना हुनुमा हामीले वीरता ठान्नु भूल हो। गोर्खा बहादुरी हाम्रो गौरव होइन अभिशाप हो। नेपालका आदिवासी भूमि पुत्र नेपालीहरूको वास्तविक नेपाली पहिचानलाई दबाएर सुरु गरेको नरसंहकारी पृथ्वीनारायण शाहको गोर्खा र गोर्खाली राज्यको आशर्ीवाद र वरदानको कारण तामाङ, गुरुङ, मगर, सुनुवार, नैवार, कागते, योल्माली, र्सर्ेपा, र्राई, लिम्बू, लेप्चा, भोटिया वीर जातीहरूलाई यो गोर्खा साम्राज्यले निडर र बहादुर बनाएको होइन। हामी त हाम्रै मौलिक बीर जातीय वंशले बहादुर कहलाइएको हो। न कि गोर्खा सेना भएकाले। यो गहिराइ बुझ्नु जरुरी छ। वीर नेपाली भूमि पुत्र जातिहरूले।
      के आज सिक्किमका मुख्य मन्त्री पवन चाम्लीङलाई त्यो तथाकथित सामन्ती गोर्खा जातिकै गौरवले सफलताको यो शिखरमा पुर्‍याएको हो त- होइन। आज सि.प्र.प|mन्टका श्रद्धेय नेता तथा सिक्किमका मुख्य मन्त्री श्री पवन चाम्लिङ ज्यू सफल हुनुमा हामी उनको वास्तविक वीर जातिहरूको भाषा, धर्म संस्कृति र मौलिक सामूहिक स्वपहिचानका पक्षहरूलाई बुझ्ने, श्रद्धा र अभिवादन गरेर अँगाल्ने अनि उनीहरूको पक्षमा उभिएकाले हो।
      उनी २१ औ शताब्दीका वीर नेपाली भूमि पुत्रको वंशका भारतीय चाम्लीङ नेपाली भएकाले त्यो सफलता मिलेको हो। खस­नेपाली भएकाले होइन। यदि नेपालमा पृथ्वीनारायण शाहले स्थापित गरेको मान्यता तथा कथित खस जातिको खस­नेपाली अहंकारी चिन्तनको पृष्ठपोषक नरबहादुर भण्डारीको विरुद्ध उनले साँच्चिकैको आदिवासीय पहिचान सहितको साहसिक वीरता, भाषिक, सांस्कृतिक समता मूलक विचारले युद्ध नछेडेको भए आज सिक्किममा आदिवासी सिक्किमेली जनतासँग नेपाली मूलका भारतीयहरूको स्वाभिमानको फुललाई यसरी एउटै बगैँचामा सामान रूपमा फव|mने वातावरण बन्ने थिएन होला। भन्ने सम्म अनुमान लगाउँदा अन्यथा हुने छैन।
      मंगोलियन मूलका हामी आज पनि त्यति कै वीर बीरङ्गना र बहादुरी छौं। के यो साहस र बहादुरी हामीलाई पृथ्वीनारायण शाहको सामन्ती औपनिवेशिक गोर्खा राज्यले दिएको हो र - हामीमा भएको वीर र बहादुरी, साहस त हामीलाई हाम्रा पर्ुखा र वंशले दिएका कुरा हुन्। जो आज पनि हामीमा छ र भोलि पनि हुने छ। त्यो हाम्रो वंशानुगत गुण हो।
      हाम्रा वंशानुगत गुणको कारण हामी साहसी र निडर छौं र यो साहस वीरताको गुण हाम्रो जातीयताले दिएको हो। हामी बेलायती साम्राज्यवादको पल्टनको  गोर्खा नाम सँग जोडेका कारण हामीमा साहसी, निडर, वीरता पैदा भएको होइन। हामीले हाम्रो साहसिक व्यावसायिक ता र हाम्रो वंशानुगत मौलिक चरित्रलाई तथाकथित सामन्ती औपनिवेशिक गोर्खा राज्यको ख्याति -न्ययम धष्िि) किन बनाउनु पर्‍यो र- नेपालमा २४० वर्षदेखीको आर्यहरूले हामी मंगोलायडहरूलाई दास बनाउने चाल मात्र हो भनेर कहिले बुझ्ने- व्यवसायीक र इमानदार हामी लडाकू मात्र होईन अरू क्षेत्रमा पनि अवसर पाए जे पनि गर्न सक्छौं। हाम्रो जातिले-
नेपालमा हामीलाई राज्य सत्ताको मालिक हुन नदिन र शासनको वागडोर हाम्रो हातमा नरहुन भनेर र हामीलाई हाम्रो आप\mनै भूमिको मालिक नबनाउन चालेको षडयन्त्र हो गोर्खा पल्टन र गोर्खा भर्ती। हामी तामाङ, गुरुङ, मगर, सुनुवार, नेवार, र्राई, लिम्बू, कागते, योल्माली, र्सर्ेपा, लेप्चा, भोटिया आदि हाम्रो जातिको साहसिक निडर स्वभाव र हामीमा भएको हाम्रो असल सैन्य लगायतका व्यवसायीक क्षमतालाई र्व्यर्थमा पृथ्वीनारायण शाहको गौरव र ख्यातिको रूपमा गोर्खा र गोर्खालीको परिचिय भइ रहेको हामीले थाहा पाएर पनि, थाहा नपाए झै भइ रहेको छ। स्वाभिमान हामी भूमि पुत्रहरूलाई कदापि सामन्ती राज्य गोर्खा र उसको गोर्खाली पल्टनको ब्राण्डलाई हाम्रो पहिचान र हाम्रो जाति गोर्खा भनेर कदापि मान्न र जोड्न सकिन्न र यसो गर्नु हुँदैन। यसो गर्नु भनेको हाम्रो वंशानुगत मौलिक राष्ट्रियता-जातीयता)को पहिचानलाई मार्नु हो।
      नेपालमा पृथ्वी नारायण शाहको गोर्खाली शासकहरूले विगतमा ल्हो छेकम्पारमा हजारौं तामाङ लगायत नेपाली भूमि पुत्रहरूको आम हत्या र कत्लेयाम गरेका इतिहास छ त्यस कारण नेपालमा औपनिवेशिक राज्य गोरखाका सामन्ती राजा पृथ्वी नारायण शाहको काल देखी नै इख साँध्ने डरले तामाङहरूलाई सेना भर्ती लिएन जसले गर्दा आप\mनो थर छलेर बेलायती र भारतीय सेनामा गुरुङ, मगर भएर जागिरे हुन विवश भए तामाङहरू । यस्तो सत्यलाई नबुझेका कारण आज कथित गोर्खालीले गर्दा आप\mनो मौलिक पहिचान बोकेका निडर, बहादुर, अदम्य साहसका खानी वीर नेपाली दाजुभाइका बीचमा लडाएर सत्ता हात पार्न सफल भएका तत्कालीन गोर्खालीहरूले नेपालमा लगातार २४० वर्षसम्म एकलौटी राज गरे।
      पृथ्वीनारायण शाहले रोपेको यो खसभाषी-नेपाली भाषी) एउटा मात्र जातीको एकलौटी गोर्खाली तानाशाही शासन सत्ताको पनि ज्ञानेन्द्र शाहको पालामा आएर नेपालमा सिक्किममा पवन चाम्लीङले सफलता पर्ूवक प्रयोग गरेको राजनीतिक जातीय खाकाको प्रयोग पछि नेपालमा नेपालका आदिवासी भूमि पुत्रहरूले चलाएको राष्ट्रिय-जातीय) मुक्ति आन्दोलनले राजनीतिक रूप लिई माओबादी सँगको सहकार्य र एकाकार पछि नेपालमा हिन्दू अधिराज्य समाप्त भइ गणतन्त्र नेपालको स्थापना भइ सकेको छ।
      तर्सथ अब भारतीय नेपालीहरूले मौलिक र प्राचीन दार्जिलिङ भूमिलाई आधार मानेर सिक्किममा पवन चाम्लीङले सफलता हासिल गरेको पवनपथ -पवन चाम्लीङको प्रयोग)लाई अपनाएर भारतीय नेपालीहरूको संसारमै कायम रहेको पहिचान र लोकप्रिय भूमि दार्जीलीङ लाई दोर्जेलीङ राज्यको रूपमा आन्दोलनलाई उठाएमा संसार भरका नेपाली भूमि पुत्रका वंशजले सघाउने छन् र सफलता मिल्ने आशा छ।
      नेपालमा असफल भई मरेका भूत सामन्ती औपनिवेशिक गोर्खा राज्य सत्ता र कालो तानाशाही गोर्खाली शासकहरूको पहिचान हो गौर्खा । सामन्ती गोरखा राज्यका खस शासकहरूले स्थापित गरेको तथाकथित एकल खसजातीय पहिचान गोर्खाली नेपाली राष्ट्रियतालाई त्यागेर आप\mनो तामाङ, गुरूङ, मगर, नेवार, राइ, लिम्बु, सुनुवार, र्सर्ेपा, भुटिया, लेप्चा, जिरेल, भुजेल राष्ट्रियताको मौलिकता सहितको दार्जीलीङ राज्यको पक्षमा नयाँ सिरा र नयाँ ढंगबाट भारतीय नेपालीको पहिचानलाई खोजिनु पर्छ। तथाकथित म्याद गइ सकेको खसनेपालीको गोर्खा पहिचानलाई त्यागेर वीर नेपालीको यथार्थ पहिचानलाई सम्मान गर्दै हाम्रो मुक्ति आन्दोलन आगाडी बढानु पर्छ भन्ने लाग्छ।  न कि नेपालमा २४० वर्षसम्म शासन गरेको सामन्ती तानाशाही फासिस्ट गोर्खाली शासकहरूले आप\mनो गोर्खा सेना मार्फ तथाकथित एकीकरणको बेला प्रयोग गरेको कुटिल जाली झेली कायर हत्याको श्रृङखलात्मक नीतिले भारतीय नेपालीहरूको राजनीतिक, सांस्कृतिक अधिकारहरूको स्थापना र मुक्ति गर्दैन।
      न त, भारतीय नेपालीहरूको राष्ट्रियता-जातीयता)को स्वायत्त, राजनीतिक, धार्मिक, सांस्कृतिक अधिकार सहितको मुक्ति आन्दोलनमा निःस्वार्थ होमिएका होनहार प्रखर र स्पष्ट वक्ता विद्वान् राज नेता मदन तामाङको हत्याले उनले आरम्भ गरेको मुक्तिको त्यो आन्दोलन परिष्कृत हुँदै सफलता तर्फजाने छ कसैले रोक्ने दुष्प्रयास गर्दैमा यो रोकिने छैन निरन्तर अगाडि बढ्ने छ । शान्तिको नाम जप्दै गरिने यस्तो घृणित अशान्ति र हत्याको राजनीतिले कोही कसैको मुक्ति सम्भव छैन। यो जघन्य हत्यालाई कसैले बहादुरी ठान्छ भने भारतीय राजनीतिमा रहेका तामाङ लगायत विश्वभरि छरेर रहेका मुक्ति कामी नेपाली भूमि पुत्र समुदाय र वंशजले टुलु­टुलु हेरेर बस्ने छैन।

२४ मइ २०१०
अजितमान तामाङ
तथा संस्थापक केन्द्रीय सदस्य तथा हाल सल्लाहकार
तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपाल


 

 More Headlines
Latest Articles
नेपाल तामाङ घेदुङ विशेष राष्ट्रिय भेला - काठमाडौं घोषणापत्र
नेपाल तामाङ घेदुङ विशेष राष्ट्रिय भेला - काठमाडौं घोषणापत्र नेपाल तामाङ घेदुङको विशेष राष्टिय भेला मिति २०६९ साल असार १ गते सम्पन्न भयो । भेलामा केन्द्रीय समितिका ५६ जना पदाधिकारी एवं सदस्यहरु र देशभरिका ४२ जिल्लाका १ महिलासहित जिल्ला अध्यक्ष र सचिवहरु तथा भातृसंगठनका प्रमुखहरुको सहभागिता थियो । भेलाले र्सवप्रथम, आदिवासी जनजाति संयुक्त सङ्र्घष्ा समिति तथा आ आफ्नो संस्थाको आहृवान्मा भएको जातीय पहिचानसहितको सङ्घीयताको आन्दोलनमा सहयोग र योगदान गर्नु हुने समस्त जनसमुदायमा हार्दिक आभार व्यक्त गर्दै ७, ८ र ९ गतेको देशव्यापी आमहड्ताललाई ऐतिहासिक आन्दोलनको रुपमा समीक्षा गरेको छ । यो भेला आन्दोलनका क्रममा नेपाल सरकारसँग भएको ९ बुँदे सहमतिको कार्यन्वयमा जोड दिन्छ र घाइते, तोडफोड, आगजनी आदिबाट भएका क्षतिको अविलम्ब क्षतिपर्ूर्ति प्रदान गर्न सरकारसँग माग गर्दछ । यो भेला जातीय पहिचानसहितको सङ्घीयताको आन्दोलनमा घाइते हुनुहुने, प्रहरीको हिरासतमा पर्नुहुने सबै साथीहरुको उच्च मुल्यांकन गर्दछ । र, नवलपरासी घट्नामा घाइते भई शिक्षण अस्पतालमा उपचार गर्दागर्दै दिवंगत हुनुभएका सहिद थारु धनबहादुर थनेतप्रति भावपर्ूण्ा श्रद्धान्जली र सम्मान व्यक्त गर्दछ । साथै, यो भेला आ आफ्नो दलभित्र आफ्नो जाति समुदायको पहिचानसहितको सङ्घीयता, समानाधिकार एवं स्वशासनका लागि दृढतापर्ूवक उभिनुहुने तथा न्यायपर्ूण्ा आन्दोलनलाई सहयोग र र्समर्थन गर्नुहुने सम्पर्ूण्ा नेता तथा कार्यकर्ता साथीहरुमा पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछ । भेलाले २०७९ साल जेठ १४ गते राति नेपाली जनताको ६ दशक लामो अनवरत सङ्र्घष्ाहरुका उपलव्धिहरुको संस्थागत र नयाँ संविधान जारी नगरी हठात् संविधानसभाको विघटन भएकोमा सो को निन्दा र भत्र्सना गर्दै गंभीर दुःख व्यक्त गरेको छ ।
तामाङ जातिको महान् सांस्कृतिक पर्व ल्होछार
कुमार योन्जन तामाङ नेपालको हिमाली पहाडी आदिवासी समुदायहरुमा तामाङ दोस्रो ठूलो समुदाय हो । नेपालको तथ्याङ्कअनुसार नेपालमा तामाङहरु ५.६ प्रतिशत सङ्ख्यामा छन् । यो नेपालका समग्र जातजातिहरुमा पा“चौं ठूलो समुदाय मानिन्छ । नेपालको मध्य तथा पर्ूर्वी पहाडी तथा हिमाली भेगमा बढी केन्द्रीत भएर फैलिएको तामाङ जातिले मान्ने माघमा पर्ने सोनाम ल्होछार पर्व समग्र हिमाली समुदायहरुको साझा पर्व हो । ल्होछार नया“ वर्षो रुपमा देखिएपनि समग्र हिमाली समुदायको यो महान् सांस्कृतिक पर्व पनि हो । हिन्दूहरुको दसैं जस्तै बौद्ध धर्म मान्ने आदिवासी जनजातिहरुको सामाजिक जीवनमा यसको ज्यादै ठूलो सांस्कृतिक धार्मिक महत्व छ । त्यसैले तामाङलगायतका समुदायहरु यसलाई ल्हो फिर्ने दिनका रुपमा मात्र होइन मूलतः आफ्नो महान् सांस्कृतिक चाडका रुपमा मान्दछन् । यस वर्षतामाङ जातिको परम्परागत धार्मिक-सांस्कृतिक महान् चाड डुक ल्होछार-२८४८ -गरुड नया“ वर्ष तामाङ ख्रे-ला छेपा गी -माघ शुक्ल प्रत्रि्रदा) अर्थात् वि.स. २०६८ साल माघ १० गते तदनुसार द्दण्ज्ञद्द व्बल। द्दद्ध देखि सुरु हुन गइरहेको छ । विश्वमा अहिले ६० देखि ६५ लाखको सङ्ख्यामा तामाङहरु रहेको अनुमान गरिन्छ । तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपर्ूण्ा भूमिका रहेको छ । यो "ल्हो" परम्परा, तामाङ संस्कृतिकै अभिन्न अङ्ग हो । ल्हो परम्पराकै आधारमा तामाङ समाजको जीवनमा उसको संस्कृति र संस्कार परिचालित छ । अतः यसले तामाङ जातिको उद्गम्, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई नै प्रतिविम्बित गर्दछ ।
 Notice Board
शाखा अधिकृतसम्बन्धी तयारी कक्षासम्बन्धी नेपाल तामाङ घेदुङको सूचना
लोकसेवा आयोगबाट शाखा अधिकृत पदको निकट भविष्यमै विज्ञापन हुन गइरहेकोले सो पदको लिखित परीक्षाको लागि निम्न, स्थान र समयमा तयारी कक्षा सन्चालन हुन लागेकोले इच्छुक तामाङ समुदायका स्नातक तह उत्तर्ीण्ा गर
 Sister Organization
 Main Departs
 Useful Links
Guest Book
 MABI TAMANG - From: Nepal
LASSO MULA.WE FEEL PROUDY TO BING TAMANG.SO NEVER FEEL BOTHERING. WE ALL HAVE TO MAKE OUR CULTURE FAMOUS ....