घेदुङको कार्यकारिणी समितिको बैठक, समयमा संविधान निर्माण गर्न माग ।।
Posted On : Jul 3 2010 Saturday 12:00:17 AM | Views : 855

नेपाल तामाङ घेदुङको पाँचो राष्ट्रिय कार्यकारिणी समितिको पाँचो बैठक काठमाडौंमा सम्पन्न भएको छ । बैठकले घेदुङको सांगठनिक र अन्य समसामयिक विषयवस्तुमा विभिन्न निर्ण्र्ाागरेको छ । घेदुङका केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङको अध्यक्षतामा बसेको बैठकले गरेको मुख्य मुख् निर्ण्र्ाारु यसप्रकार रहेको छ ।
१. आगामी कात्तिक २७ गते राष्ट्रिय भेला बोलाउने ।
२. जिल्ला सम्मेलन बा“की रहेका जिल्लाहरुको सममेलन असोज १५ गतेभित्रमा सम्पन्न गर्ने । प्रत्येक केन्द्रीय सदस्यले आफ्नो क्षेत्रमा भएका जिल्लाहरुको सम्मेलन समयमा सम्पन्न गराउन क्षेत्रीय प्रमुखस“ग परामर्श गरी आवश्यक भूमिका निर्वाह गर्नुपर्ने तथा सम्मेलनहरुमा अनिवार्य सहभागी हुनुपर्ने निर्ण्र्ाागरियो । साथै जिल्ला सम्मेलन सम्पन्न नगरी केन्द्रीय अधिवेशनमा भाग लिन नपाइनेनिर्ण्र्ाागरियो ।
३. घेदुङको भातृसंगठनहरुको केन्द्रीय सम्मेलन आगामी मङ्सिर मसान्तभित्र सम्पन्न गरिसक्ने निर्ण्र्ाागरिएको छ । साथै भातृसंगठनहरुको हकमा पनि सम्मेलन नगरी केन्द्रीय अधिवेशनमा भाग लिन नपाइने निर्ण्र्ाागरियो ।
४. पाठ्यक्रम विकास केन्द्रको सहयोगमा प्रकाशित कक्षा १ को पाठ्युपुस्तक एकमुष्ट रुपमा घेदुङबाट जिल्लामा वितरण गरिने व्यवस्था मिलाउने ।
५. केन्द्रीय कार्यालयको आयोजनामा केन्द्रीमा कम्तिमा तीन दिनको लिपि प्रशिक्षण कार्यक्रम सन्चालन गर्ने । साउन १३, १४ र १५ गते काठमाडौंमा हुने प्रशिक्षणमा प्रत्येक जिल्लाबाट २ जना शिक्षकलाई अनिवार्य उपस्थित गराउनुपर्ने । प्रशिक्षणपछि शिक्षकहरुले जिल्लामा पनि लिपि प्रशिक्षण चलाउने गरी व्यवस्था मिलाउने निर्ण्र्ाागरियो ।
५. घेदुङको केन्द्रीय कार्याकारिणी समितिको बैठकले विभिन्न समसामयिक प्रस्तावहरु पनि पारित गरेको छ । राष्ट्रिय योजना आयोगद्वारा बनाउन लागिएको तीन वर्षो योजनामा आदिवासी जनजाति सम्बन्धी व्यवस्था हटाइएको तथा समानुपातिक समावेशी शब्द समावेश नगरिएको प्रति हाम्रो ध्यान गम्भिर रुपमा आकृष्ट भएको छ । विगतमा झैं तीन वर्ष योजनामा आदिवासी जनजातिहरुको छुट्टै व्यवस्था गर्न र राष्ट्रिय विकास परिषद्मा विगतमा झैं नेपाल आदिवासी जनजाति महासंघ र राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको प्रतिनिधित्व गराउने माग गरेको छ ।
६. नेपालले अन्तर्रर्ााट्रय श्रम संगठन -आइएलओ) महासन्धी नं. १६९ लाई अनुमोदन गरेको साढे २ वर्षबितिसक्दा पनि उक्त महासन्धी कार्यान्वयन गर्नमा सरकारले पहलकदमी नदेखाएकोमा यो बैठक खेद व्यक्त गर्दछ र आईएलओ १६९ कार्यान्वयन राष्ट्रिय कार्यदलद्वारा प्रस्तुत राष्ट्रिय कार्ययोजना २०६६ अविलम्ब अनुमोदन गर्न र कार्यान्वयनमा लैजान जोड्दार माग गर्दछ ।
७. धनकुटा जिल्ला धोर्लिखर्कस्थित मानेडा“डामा रहेको तामाङ जातिको ८०) वर्षपुरानो पुरातात्विक महत्वको माने -छ्योर्तेन) शान्ति पार्क बनाउने नाममा भत्काइएकोमा यो बैठक घोर निन्दा गर्दछ र नेपाल सरकार, शान्ति तथा पुनः निर्माण मन्त्रालयस“ग भएको सम्झौता अनुसार उक्त माने -छ्योर्तेन) फेरि निर्माण गर्न गराउन सहयोग गरिदिन सरकारस“ग जोड्दार माग गर्दछ । अन्यथा, परिणाम गम्भीर हुन सक्नेतर्फपनि यो बैठक समयमै अनुरोध गर्दछ ।
हालै सिन्धुपाल्चोकको सा“गाचोकका ४ जना तामाङलाई गाई काटेर खाएको आरोपमा पक्राउ गर्ने काम भएकोमा यो बैठकको ध्यान आकृष्ट भएको छ । अन्तरिम संविधान लागू भई धर्मनिरपेक्ष देश घोषणा भएपछि पनि गाई काटेर खाएको नाममा तामाङ जातिमाथि भइरहेको मदनको यो बैठक भर्त्सना गर्दछ र अविलम्ब पक्राउ परेका तामाङ जनतालाई विना शर्त रिहाई गर्न जोड्दार माग गर्दछ ।
यो बैठक संविधानसभाको म्याद थपिएको एक वर्षो समय पनि दलहरुले आपसी खिंचातानीमा बिताउन लागेकोमा दुःख व्यक्त गर्दछ र राष्ट्रिय सहमतिद्वारा संयुक्त राष्ट्रिय सरकार गठन गरी संविधान बनाउने काम अविलम्ब सुरु गर्न माग गर्दछ । साथै, संविधानसभाका सभासद्हरुले यो अवधिभरको तलबभत्ता नपाउने व्यवस्था गर्न र नैतिकता भए सभासद्हरुले स्वघोषणा गर्न पनि यो बैठक माग गर्दछ ।
नेपाल सरकार र ताम्सालीङ संयुक्त संर्घष्ा समितिबीच भएको १९ बु“दे सहमति अविलम्ब कार्यान्वयन गर्न यो बैठक जोड्दार माग गर्दछ ।
यो बैठक ताम्सालीङको ऐतिहासिक भूमिलाई खण्डित गरी बनाइएको सुनकोशी र नारायणी प्रदेश खारेज गर्न माग गर्दछ र साथै शर्ेपा प्रदेशका नाममा ताम्सालीङको भूमि खण्डित गरी शर्ेपामा र नेवार प्रदेशका नाममा ताम्सालीङको भूमि नेवारमा पार्ने कुराप्रति यो बैठक गम्भीर आपत्ति व्यक्त गर्दै त्यस्तो भूल नगर्न सम्बन्धित सबैमा आग्रह गर्दछ ।
नया“ संविधानमा उत्पीडित आदिवासी जातिहरुको आत्मनिर्ण्र्ााो अधिकार र अग्राधिकारसहितको जाति, भाषा र क्षेत्रको आधारमा धर्मनिरपेक्ष लोकतान्त्रिक सङ्घीय गणराज्यको सुनिश्चितता गर्न यो बैठक जोड्दानर माग गर्दछ ।